१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७८ जेठ ३१ सोमबार २१:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी नेता पाण्डेयको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीको दाबी

Read Time : < 1 मिनेट
डिलाराम भुसाल कपिलवस्तु
२०७८ जेठ ३१ सोमबार २१:५५:००

कपिलवस्तुुका माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमती संलग्न रहेको प्रहरीले दाबी गरेको छ । कपिलवस्तु प्रहरीले हत्याका अभियुक्तहरूलाई सोमबार सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलन गरी प्रहरीले २५ दिन लामो अनुसन्धानबाट दीपकको हत्यामा उनकै श्रीमतीसहितको योजनाबद्ध संलग्नता रहेको खुल्न आएको बताएको छ । 

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेयकी श्रीमती महिमाबीचको सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुल्न आएको बताए । अधिकारीले भने, ‘हत्या योजना दुई–तीन वर्षअघि नै बनेको देखिन्छ । उनीहरूले हतियार खरिद गरेर पेसेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ । लामो समयपछि उनीहरूले आफ्नो योजना सफल बनाएको देखियो ।’ 

अनुसन्धानबाट ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम गरेको पाइएको प्रहरीले बताएको छ । दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको खुलेको प्रहरीले बताएको छ ।

गत ५ जेठमा अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेयको १० जेठमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रहरीले प्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउन्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा संलग्न सातजनालाई पक्राउ गरेको छ । अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अली पखियाको मुख्य भूमिका देखिएको छ ।