मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ ३० आइतबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कटुवा पेस्तोलसहित पक्राउ

Read Time : < 1 मिनेट
२०७८ जेठ ३० आइतबार १४:०४:००

सिराहाको दक्षिणवर्ती महेशपुर पतारबाट खटिएको प्रहरीले आइतबार बिहान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित करिब ४७ वर्षीय गणेशकुमार सिंहलाई पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा सिराहाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अवैध हतियारसहित पक्राउ गरिएका सिंहलाई महेशपुर पतार प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको छ । पक्राउ गरिएका सिंहले अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको हुन सक्ने आशंका गरिएको छ ।