मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २९ शनिबार १२:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल चिकित्सक संघले पठायो धौलागिरिका तीन जिल्लामा तीन दर्जन अक्सिजन कन्सन्ट्रेटेड 

Read Time : > 1 मिनेट
२०७८ जेठ २९ शनिबार १२:३१:००

नेपाल चिकित्सक संघले धौलागिरि क्षेत्रका तीन जिल्लाका लागि तीन दर्जन अक्सिजन कन्सन्ट्रेटेड प्रदान गरेको छ । संघले बाग्लुङ, पर्वत  र म्याग्दीका लागि १२/१२ थानका दरले अक्सिजन कन्सन्ट्रेटेड प्रदान गरेको हो । तीनवटै जिल्लाका लागि अक्सिजन कन्सन्ट्रेटेडको साथमा पिपिई र अन्य स्वास्थ्य सामग्री पूर्वस्वास्थ्यमन्त्री गगन थापाका स्वास्थ्य मन्त्रालयका प्रमुख सल्लाहकार प्रताप पौडेल र कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीमार्फत पठाएका थिए । करिब ३५ लाखबराबरको उक्त सामग्री  बाग्लुङमा १२, म्याग्दीमा १२ पर्वतमा १२ थान कन्सन्ट्रेटेड पुर्‍याइएको छ । 

कोरोना संक्रमण दोस्रो लहरको महामारी बढ्दै गएको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थालाई केही राहत होस् भन्ने उद्देश्यले चिकित्सक संघसँग आग्रह गरी धौलागिरि क्षेत्रमा कन्सन्ट्रेटेड र केही स्वास्थ्य सामग्री प्रदान गरिएको सल्लाहकार पौडेलले बताए ।

बाग्लुङका लागि ल्याइएको अक्सिजन कन्सन्ट्रेटेड जिल्लाको धौलागिरि अस्पताल, बाग्लुङ नगरपालिकाको आइसोेलेसन केन्द्र, पैयुँपाटा, नारायणस्थान, अमलाचौर, गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि हस्तान्तरण गरिएको पौडेलले बताए । 

‘धौलागिरि क्षेत्रका अस्पतालमा सँगै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजनको अभाव भएको पायौँ,’ पौडेलले भने’ ‘अक्सिजन सिलिन्डरभन्दा कन्सन्ट्रेटेड नै उत्तम लाग्यो । स्वास्थ्य कार्यालय, अस्पताल र स्वास्थ्य स्रस्थामा कार्यरत स्वास्थ्यकर्मीकै सल्लाहअनुसार कन्सन्ट्रेटेडका लागि चिकित्सक संघलाई आग्रह गर्‍याैँ, संघले ताइवानमा रहेको सूची फाउन्डेसनलाई आग्रह गर्‍यो संघ र फाउन्डेसनको सहयोगमा हामीले संयोजन गरेर म्याग्दी र बाग्लुङका हरेक स्वास्थ्य संस्थामा कन्सन्ट्रेटेड र अन्य स्वास्थ्य सामग्री पुर्‍याएका छौँ ।’
 
म्याग्दीका लागि आएका अक्सिजन कन्सन्ट्रेटेड म्याग्दी अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रदान गरी सकिएको कांग्रेस नेता डिल्लीराम सुवेदीले जानकारी दिए । सुवेदी र पौडेलले अक्सिजन कन्सन्ट्रेटेडको साथमा जिल्लाको बाग्लुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाअन्तर्गतका सबै वडाका स्वास्थ्य संस्थामा पुग्ने गरी अक्सिमिटर, थर्ममिटर, पिपिई, मास्क, स्यानिटाइजरलगायतका करिब ३० लाखबराबरका केही आवश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरेकाे छ ।