१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २८ शुक्रबार १५:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता अध्यादेशलाई रोक्दा समस्या भयावह हुन्छ : ठाकुर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २८ शुक्रबार १५:१४:००

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा समस्या भयावह हुने बताएका छन् । 

सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए ।

उनले ३ वर्षदेखि नागरिकतासम्बन्धी विधेयक संसद्मा अड्किएको उल्लेख गर्दै संसद्ले नागरिकतासम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए ।  

नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा–सुविधाबाट वञ्चित हुनुपरेको बताए । उनले  नवनियुक्त मन्त्रीहरूलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।