मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ जेठ २८ शुक्रबार १३:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा एमाले पनि सरकारमा सहभागी हुने, राप्रपा मात्र प्रतिपक्षमा

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ जेठ २८ शुक्रबार १३:५३:००

कर्णालीमा एमालेका तीनजना मन्त्री सरकारमा सहभागिता रहेको छ । एमालेबाट फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिएका चारजना सांसदलाई एमालेको सांसद पदमा  पुनर्बहाली गरेपछि एमालेको पनि सरकारमा सहभागिता रहेको हो ।

फ्लोरक्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको हो । 
बिहीबार सर्बोच्च अदालतका न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलास पुनर्बहाली गर्न आदेश दिएको हो । 

राउतको एकल इजालासले ‘नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको २०७८ साल वैशाख १० मा बसेको बैठकको निर्णय भनी नेकपा (एमाले)को लेटरप्याडमा उल्लेख गरेको कर्णाली प्रदेश सभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पदसमेत निष्कासन गरेको निर्णय तथा सो आधारमा मिति २०७८ वैशाख १२ मा नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको कार्यालयको प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई लेखेको पत्र र सोको आधारमा निर्वाचन आयोगले गरेको पत्राचार कार्यान्वयन नगर्नु र नगराउनु र निवेदकहरूलाई कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा(एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदका हैसियतले यथावत् काम गर्न दिनु भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’ उल्लेख गरिएको छ । 

सर्वोच्च अदालत एमाले चार सांसदलाई पुनर्बहाली कर्णाली सरकारमा आठजनाको मन्त्रिमण्डलमा एमाले तीनजना, कांग्रेसका दुईजना र माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीनजना मन्त्री रहेका छन् ।  कर्णालीमा राप्रपाबाहेकका प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैको संयुक्त सरकार बनेको छ । 

कर्णालीमा एमालेका मन्त्रीलाई सरकारबाट हट्न निर्देशन दिने
सर्वोच्च अदालतले पुनर्बहाली गरेका कर्णाली प्रदेश सरकारमा सामेल भएका मन्त्रीहरूलाई नेकपा (एमाले) सरकारबाट हट्नका लागि निर्देशन दिने भएको छ । फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका एमाले सांसदहरूलाई एमालेले सरकारबाट बाहिरिन एमालेको संसदीय दलले निर्देशन दिने भएको हो ।

सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सरकारबाट हट्नका लागि निर्देशन दिने कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए । दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिने सचेतक शाहले बताए । ‘अदालतको फैसलाअनुसार चारैजना एमालेको प्रदेश सभा सदस्य भएकाले अब दलको ह्विप मान्नुपर्छ ।’ उनले भने,‘पार्टी र संसदीय दलको विधानअनुसार उहाँहरूले चल्नुपर्छ ।’

वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री शाहीलाई फ्लोरक्रस गरेर एमालेका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले विश्वासको मत दिएका थिए । विश्वासको मत दिएका शाही, थापा र बुढा अहिलेको मन्त्रिमण्डलमा रहेका छन् । फ्लोरक्रस गरेर विश्वासको मत दिएका कारणले ज्वाला, शाही, थापा र बुढालाई एमाले सांसद पदबाट खारेजी भएको थियो । खारेजी भएको पद बिहीबार सर्वाेच्च अदालतले पुनर्बहाली गरेको थियो ।