मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १८ शुक्रबार
  • Friday, 02 July, 2021
२०७८ जेठ २७ बिहीबार १५:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र महन्थ ठाकुरको लगनगाँठोलाई के भन्ने ? पोखरेल

Read Time : > 1 मिनेट
२०७८ जेठ २७ बिहीबार १५:०३:००

गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री र महन्थ ठाकुरको लगनगाँठोलाई के भन्ने ?  भनेर प्रश्न गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बसेको प्रदेश सभामा बोल्दै पोखरेलले हिजोको ऐतिहासिक जनआन्दोलनमार्फत लोकतन्त्र स्थापना गर्ने आन्दोलनमा सहयात्रा गरेका दलहरूका बीचमा सहकार्य हुँदै गर्दा अन्यथा मान्ने सत्तापक्षले प्रधानमन्त्री र महन्थ ठाकुरको लगनगाँठोलाई के भन्ने ?  भनेर प्रश्न गरेका हुन् । आफूलाई सही लागे सुन, नलागे फलाम हुने भन्ने मान्यता नराख्न उनले एमालेलाई आग्रह गरेका छन् ।   

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्तीको सजाय प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भोग्ने अवस्था आएको टिप्पणी भएपछि पोखरेलले प्रधानमन्त्री ओलीले गल्ती गर्ने हाम्रो मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सजाय किन पाउने भन्ने सत्तारुढ दलको प्रश्न केही हदसम्म सही रहेको बताए । 

केन्द्रमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने असंवैधानिक कदमका कारण विपक्षीहरूले मोर्चा कस्नु परेको उनले स्पष्ट पारेका छन् । केन्द्रकै सिको प्रदेशका मुख्यमन्त्री गुरुङले पनि प्रदेशमा गरेको उनको आरोप छ । यद्यपि, हाउसबाट भागेका मुख्यमन्त्रीलाई फेरि हाउसमा ल्याउने काम भएको भन्दै उनले खुसी प्रकट गरे । 

अघिल्लोपटक आफूहरूले अविश्वासको मत ल्याउँदा मुख्यमन्त्री राजीनामा दिएर भागेको र संविधानविपरीत धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनलाई बेवास्ता गर्दै प्रदेश प्रमुखले ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त गर्ने काम भएको उनले बताए । 

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहे उपलब्धि र लोकतन्त्र रहने, तर आफू नरहे केही पनि नरहने शैलीले अगाडि बढेको बताए । कम्युनिस्ट प्रधानमन्त्रीको हातबाट दुईपटक संसद् विघटन हुनु लोकतान्त्रिक आन्दोलनमा कालो धब्बा रहेको टिप्पणी गरे । आफूलाई लोकतान्त्रिक भन्नेहरूले यो कालो धब्बा पखाल्न नसक्ने उनको टिपपणी छ । मूल नै धमिलिएपछि त्यो तलसम्म व्यहाेर्नु नै पर्ने उनको भनाइ छ । गलत कुराको समर्थन नगरेको भए मुख्यमन्त्री गुरुङको विपक्षमा आफूहरू जानुपर्ने थिएन भनेका छन् । उनले केन्द्रमा प्रतिनिधिसभा भंग गरेजस्तै प्रदेश संसद् पनि भंग गर्ने खतरा औँल्याए ।

जारी प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य काम गरेको र काम गरेकामा जस दिन आग्रह गरे । केन्द्र सरकारका प्रधानमन्त्रीलाई गालीगरेर प्रदेशका मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार नढाल्न उनले आग्रह गरेका छन् । 

जनता समाजवादीका संसदीय दलका नेता हरिशरण आचार्य दुईपटक संविधानलाई कुल्चिएर शासन गर्न खोजिँदा त्यसलाई ठिक भन्नेलाई आफूहरूले समर्थन गर्न नसक्ने बताए । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने हिम्मत गरेर लोकतन्त्रप्रति केही प्रतिबद्धता जनाएको आभास दिएको टिप्पणी गरे । 

उनले यसअगाडि नै बहुमतसहित विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेमा जालझेल गरिएको बताए । अहिले विरालो बाँधेर श्राद्ध गरेजस्तो विश्वासको मत लिन जरुरी नरहेको उनको टिप्पणी छ । राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले भात पाक्यो कि पाकेन भनेर सबै सिता छाम्न जरुरी नरहेको बताइन् । केन्द्रमा प्रतिगमनकारी सरकारको समर्थन गर्ने मुख्यमन्त्रीलाई आफूहरूको साथ नहुने उनको भनाइ थियो । प्रदेश सभामा केहीबेरमा मत विभाजन गरिँदै छ ।