मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ २७ बिहीबार १४:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफूलाई विश्वासको मत दिन मुख्यमन्त्रीको आग्रह 

Read Time : < 1 मिनेट
२०७८ जेठ २७ बिहीबार १४:००:००

गण्डकी प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् । प्रदेशको समृद्धिका लागि विश्वासको मत दिन उनले प्रदेश सभा सदस्यसँग माग गरेका हुन् । उनले प्रदेश सरकार गठन भएदेखि हालसम्म भएका विकास निर्माण र प्रगतिको विवरण दिँदै आफूलाई विश्वासको मत दिए प्रदेशको विकासमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

४ फागुन  २०७४ बाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री गुरुङले गत २९ वैशाखमा दोस्रोपटक गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका थिए । मुख्यमन्त्री गुरुङले आज संवैधानिक व्यवस्थाअन्तर्गत विश्वासको मत लिन लागेका हुन् । 

जारी प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य काम गरेको र काम गरेकामा जस दिन आग्रह गरे । केन्द्र सरकारका प्रधानमन्त्रीलाई गाली गरेर प्रदेशका मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार नढाल्न उनले आग्रह गरेका छन् । 

जनता समाजवादीका संसदीय दलका नेता हरिशरण आचार्य दुईपटक संविधानलाई कुल्चिएर शासन गर्न खोजिँदा त्यसलाई ठिक भन्नेलाई आफूहरूले समर्थन गर्न नसक्ने बताए । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने हिम्मत गरेर लोकतन्त्रप्रति केही प्रतिबद्धता जनाएको आभास दिएको टिप्पणी गरे ।

उनले यसअघि नै बहुमत सहित विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेमा जालझेल गरिएको बताए । अहिले बिरालो बाँधेर श्राद्ध गरेजस्तो विश्वासको मत लिन जरुरी नरहेको उनको टिप्पणी छ ।  प्रदेश सभामा दलका नेताहरूले सम्बोधन गरेपश्चात्र केहीबेरमा सरकारको पक्ष र विपक्षमा मत विभाजन गरिँदै छ ।