मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २७ बिहीबार १२:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् विस्तार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २७ बिहीबार १२:१०:००

प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्  विस्तार गर्ने भएका छन् । एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत शपथ लिन लागेका मन्त्रीहरूलाई अग्रिम शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘आज ४ बजे शपथग्रहण गर्न लाग्नुभएका सात मन्त्री र एक राज्यमन्त्रीलाई अग्रिम शुभकामना । विभागकै जिम्मा नपाए पनि यसपटक कर्णालीले समेत क्याबिनेट देख्ने मौका पाएछ ।’

खगराज अधिकारी गृहमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नारदमुनी राना वनमन्त्री, नैनकला थापा संचारमन्त्री,गणेश पहाडी सामान्य प्रशासनमन्त्री,ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव, उद्योगमन्त्री र आशा विक वनराज्यमन्त्री बन्ने पक्का भएको छ । नवनियुक्त एक मन्त्रीले आफूलाई प्रधानमन्त्रीले ४ बजे शपथक लागि शीतललनिवास बोलाएको जानकारी दिए ।