मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २७ बिहीबार ११:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खनाल - नेपाल समूले पठाएको पत्र गम्भीर प्रकृतिको छ : पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २७ बिहीबार ११:५७:००

उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समुहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आव्हानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समुह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए ।

संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए । पार्टीका आमकार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताका लागि घातक भएको बताए ।  

यसरी घातक खेलमा लागेका व्यक्तिहरू अलग हुन सक्ने, तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे ।  संस्थापन पक्षले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने बताए ।  पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकाले विभाजनमा जाने नेताहरूलाई कसैले साथ नदिने तर्क गरे । आफूहरूले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रूपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए ।