मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
देबेन्द्र कार्की
२०७५ फाल्गुण ७ मंगलबार १२:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

सीमा अपराध नियन्त्रणका लागि दुई देशका अधिकारी बीच छलफल

Read Time : < 1 मिनेट
देबेन्द्र कार्की
२०७५ फाल्गुण ७ मंगलबार १२:५२:००

सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न, उच्च सतर्कताका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुले सहमति गरेका छन् ।

भारतको बीरपुरमा दुई देशका सुरक्षा अधिकारीबीच बसेको बैठकले २४ सैं घण्टा उच्च सर्तकता अपनाउन दुवै देशका सुरक्षा अधिकारी बीच सहमति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । सीमा सुरक्षा बैठकमा मोरङ, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु सहभागी थिए । भारतबाट पनि सीमावर्ती अररिया र सुपौल जिल्लाका डिएम, सुरक्षा प्रमुखहरु सहभागी रहेको एसपी अधिकारीले जानकारी दिए । 

भारतमा आगामी अप्रिलमा निर्वाचन हुन लागेको छ । निर्वाचनलाई समेत लक्षित गरि सीमा बैठक बसेको बताइएको छ । दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा सुरक्षा कडा बनाउने एक देशमा अपराध गरि अर्को देशमा गएर लुक्नेलाई समन्वय गरेर नियन्त्रणमा लिनेसमेत सहमति भएको छ । 

एसपी अधिकारीले सीमा सुरक्षामा गम्भीर चुनौती बनेको मानव तस्करी, अवैध हतियार ओसारपसार, लागूऔषध, अवैध मदिराको कारोबार, चोरी तस्करी, अपहरणजस्ता जघन्य अपराधलाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए । ‘सीमा क्षेत्रको मानव तस्करी, अवैध हातहतियार, लागुऔषधि ओसारपसार, तस्करी र अपहरण जस्ता जघन्य अपराधलाई रोक्न सीमा क्षेत्रको सुरक्षा थप मजदुत गर्ने सहमति भएको छ ।’–एसपी अधिकारीले भने ।

भारतले नेपाली भूमिबाट अन्तर्राष्ट्रिय आतंकवादी प्रवेश गर्नसक्ने आशंका गरेर यस विषयमा बैठकमा कुरा उठेको छ । बिहारमा प्रतिबन्ध लगाएको मदिरा नेपालबाट ओसारप्रसार बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि नेपालका सुरक्षा अधिकारीलाई आग्रह गरिएको बताइएको छ । यता नेपालबाट अवैधरुपमा हातहतियार, लागूपदार्थ, चौपाया तस्करी हुने गरेकोतर्फ भारतीय अधिकारीहरुको नेपालका सुरक्षा अधिकारीहरुले ध्यानाकर्षण गराएका थिए ।