१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ११:३४:००
Read Time : < 1 मिनेट
प्रदेश

६ महिनापछि विशेष समितिले नाम र राजधानीबारे सुझाब संकलन गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ११:३४:००

प्रदेश ५को नाम र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि प्रदेश संसद्बाट गठित विशेष समितिका सदस्यहरू सुझाब संकलन गर्न जिल्लाहरूमा खटिने भएका छन् । समितिको सोमबारको बैठकले ६ टोली बनाएर सदस्यहरूलाई ९ फागुनबाट जिल्ला–जिल्लामा खटाउने निर्णय गरेको हो । 

समितिका सभापति दीपेन्द्रकुमार पुनमगरले सदस्यहरूको नयाँ टोली बनाएर जिल्लामा खटाइएको बताए । विशेष समितिमा प्रदेशका सबै १२ वटै जिल्लाको प्रतिनिधित्व गराएर जिल्लामा खटाइएको हो । नामकरण र स्थायी राजधानीको टुंगो लगाउन संसद्बाट विशेष समिति गठन गरेको ६ महिनापछि सदस्यहरू जिल्ला जाने तयारीमा छन् । 

कुन जिल्लामा को सांसद जाँदै छन् ?
दुई जिल्लामा एउटा टोली जाने गरी तयारी भएको छ । बाँके र बर्दियामा विष्णु पन्थी तथा तुल्सीप्रसाद चौधरी, रुकुम र रोल्पामा वीरबहादुर राना तथा दिनेश पन्थी सुझाब संकलनका लागि खटिँदै छन् । दाङ र प्युठानमा निर्मला क्षेत्री तथा नारायणप्रसाद आचार्य र कल्पना पाण्डे खटिने भएका छन् । त्यस्तै, कपिलवस्तु र अर्घाखाँचीमा तारा जिसी र बैजनाथ कलवार खटिँदै छन् । गुल्मी र पाल्पामा सुझाब संकलनका लागि बाबुराम गौतम, सहसराम यादव तथा भुवनेश्वर चौधरीलाई जिम्मा दिइएको छ । त्यस्तै, सरस्वती गौतम र तेजबहादुर वली रुपन्देही तथा नवलपरासीमा खटिने गरी टोली बनेको सदस्य विष्णु पन्थीले बताए । 

यसरी लिइँदै छ सुझाब
६ टोलीले जिल्ला सदरमुकाममा स्थानीय तहका जनप्रतिनिधि, दलका प्रतिनिधि, जिल्लामा रहेका विभिन्न संघसस्थालगायतको सहभागितामा छलफल गरेर सुझाब लिने तयारी गरेको छ । समितिले राजधानीका लागि आठ र नामका लागि तीन प्रश्न निर्माण गरेको छ । समितिलाई तीन महिनाभित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको थियो । तर, थपिएको समयमा पनि गति लिन सकेको छैन ।