मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०८:५०:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी विद्यालयमा हतियार  राख्न दिन सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०८:५०:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरूको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ । 
गत फेबु्रअरीमा फ्लोरिडामा पूर्वविद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या गरेपछि गठित टोलीले मंगलबार यस्तो सिफारिस गरेको हो ।

उक्त सिफारिसमा पूर्वसैनिकहरूलाई गार्डका रूपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्न सुझाब दिइएको छ । शिक्षासचिव बेट्सी डिभोसको नेतृत्वमा गठन भएको समितिले बन्दुक राख्न पाउने उमेरको हद बढाउनुपर्ने मागलाई अस्वीकार गरेको छ ।

एक सय ८० पृष्ठ लामो उक्त प्रतिवेदनमा शिक्षकलाई हिंसा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने र प्रभावकारी कामका बारेमा सिकाउन पनि सिफारिस गरिएको छ ।