१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७८ जेठ २६ बुधबार १३:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विघटनविरुद्धका मुद्दा : दुई वरिष्ठ अधिवक्ताको बहस सुनेपछि न्यायाधीश छलफलमा

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७८ जेठ २६ बुधबार १३:१५:००

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको  बुधबारको इजलासमा दुई वरिष्ठ अधिवक्ताको बहस सुनेपछि न्यायाधीश छलफलमा जुटेका छन् ।  यसअघि निवेदक शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेका थिए । थापालाई न्यायाधीश ईश्वर खतिवडाले  किन अन्तरिम आदेश माग गर्नुभएको हो ?  त्यसमाथि केन्द्रित रहेर बहस गर्न आग्रह गरेका थिए ।

निवेदक शेरबहादुर देउवाका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेपछि न्यायधीशले २ः३० बजेपछि निवेदकका कुरा  सुन्ने गरी टी ब्रेक गरे । 

खतिवडाले  न्यायाधीशहरूबीच  छलफल गरेर टिब्रेकपछि इजलास बस्ने जानकारी दिएका छन् ।  बहसमा वरिष्ठ अधिवक्ता यादवले राष्ट्रपतिको विज्ञप्तिबाट अरूलाई प्रधानमन्त्री बन्न नदिने प्रस्ट भएको बताएका थिए ।

७६(५) अनुसार सरकार बन्न नसक्ने अवस्था नभएको नभई राष्ट्रपतिले अरूलाई प्रधानमन्त्री नबनाएको उनको जिकिर छ ।  

उनीपछि बोलेका थापाले  धारा ७६ भएन भने संसदीय प्रजातन्त्र नरहने बताए । यसले संसदीय प्रजातन्त्रको रक्षा गरेको भन्दै उनले भने ‘लामो अभ्यास र प्रयोगपछि कुनै धारा वा व्यवस्था राखिएको हुन्छ । यो धाराको प्रयोग गर्नैपर्ने हुन्छ ।’ कसैले बहुमत लिएर गइसकेपछि राष्ट्रपतिले आफ्नो कर्तव्यपालना गर्नुपर्ने उनले बताए ।