मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७८ जेठ २६ बुधबार १२:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको विकल्प संविधानले परिकल्पना गरेको  छैन : न्यायाधीश  खतिवडा

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७८ जेठ २६ बुधबार १२:२९:००

संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संसद् विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको विकल्प संविधानले परिकल्पना नगरेको बताएका छन् ।  बुधबारको इजलासमा खतिवडाले  विवादको सिलसिला धेरै अनुभव गरेको भन्दै अब इजलास गठनको विषयमा नजान आग्रह गरे ।

उनले भने, ‘यो विवादको सिलसिलामा हामीले धेरै अनुभव गर्‍यौँ ।  हामीलाई धेरैं अनुभव प्राप्त भए । हामीले भन्नुपर्ने धेरै छैन । यो सबै विषयको विश्लेषण म गर्न चाहन्न । संवैधानिक इजलासमा प्रधान न्यायाधीशको विकल्प संविधानले परिकल्पना गरेको छैन।’

चारजना न्यायाधीश एउटै डुंगामा भएको बताउँदै खतिवडाले भने, ‘यहाँ बस्ने मन त हामीलाई पनि थिएन । तर, संयोगले हामीलाई यो विवादको टुंगाे लगाउने जिम्मेवारी आइलाग्यो । अब यसलाई तार्किक टुंगाेमा पुर्‍याउने जिम्मेवारी हाम्रो हो। हामी यसलाई पूरा गर्छौँ ।’

‘हिजोअस्ति भएका कुरा आफ्नो नोटिसमा भएको र त्यसलाई कुन भाषामा सम्बोधन गर्ने वा नगर्ने हाम्रो काम हो । त्यस विषयमा बोल्नेनबोल्ने हामी निर्णय गर्छौ । उठेका सबै प्रश्नमा बोल्नुपर्छ, जवाफ दिनुपर्छ जस्तो लाग्दैन । कहिलेकाहीँ मौनता नै केही प्रश्नको जवाफ हुन्छ’ उनले भने । 

 बेच्न गठनसम्बन्धी कहीँ कतैबाट सवाल आउन नहुने उनले बताए ।