पाठकमाथि छानबिन गर्न अख्तियारद्वारा तीन सदस्यीय टोली गठन

२०७५ फाल्गुण ७ मंगलबार ११:३५:०० | काठमाडाैं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको घुस प्रकरणमाथि छानबिन गर्न तीन सदस्यीय अनुसन्धान टोली गठन भएको छ । 

घुस प्रकरणपछि राजीनामा दिएका पाठकमाथि अख्तियारले नै छानबिन गर्ने भएको हो। सहसचिवको नेतृत्वमा सो टोली गठन गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । अख्तियारको आज बसेको बैठकले आजदेखिनै विस्तृत अनुसन्धान गर्ने गरी टोली गठन गर्ने निर्णय गरेको हो । 

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग घुस लिएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । 

याे पनि पढ्नुहाेस्

पाठकमाथि अख्तियारले नै छानबिन गर्ने 

घुस लिएको आरोप लागेका अख्तियारका आयुक्त पाठकले पदबाट दिए राजीनामा

प्रतिकृया दिनुहोस