१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बाग्लुङ बजार अनुगमनका क्रममा संयुक्त बजार अनुगमन टोली 
२०७८ जेठ २५ मंगलबार १८:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फलफूल तथा तरकारीमा गुणस्तर कम, खरिद मूल्यको दोब्बरमा बिक्री–वितरण 

Read Time : > 1 मिनेट
२०७८ जेठ २५ मंगलबार १८:२०:००

बाग्लुङ सदरमुकामका अधिकांश पसलहरूमा मूल्यसूचीविना नै खाद्य सामग्री फलफूल तथा तरकारी बिक्री–वितरण भइरहेको पाइएको छ । संयुक्त जिल्ला बजार अनुगमन समितिले मंगलबार गरेको बजार अनुगमनमा यस्तो भेटिएको हो । 

निषेधाज्ञाको समयमा बजारमा खाद्य सामग्री फलफूल तथा तरकारीमा चर्को मूल्य लिँदै आएको र गुणस्तरहीन वस्तुहरू बिक्री–वितरण गरेको उपभोक्ताबाट गुनासो आएपछि समितिले बजार अनुगमनलाई तीव्रता बनाएको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरूमा मूल्यसूची नै राखिएको छैन तरकारी तथा फलफूल पसलहरूमा कुहिएका र बिग्रिएका फलफूल तथा तरकारी बिक्री गरिएको भेटिएको घरेलु तथा साना उद्योग कार्यालय बाग्लुङका प्रमुख गोमादेवी रिजालले जानकारी दिइन् । 

त्यसैगरी, फलफूल र तरकारीमा खरिद मूल्यको दोब्बरमा बिक्री–वितरण गर्दै आएको भेटिएको रिजालले बताइन् । ‘बजार क्षेत्रमा फलफूल तथा तरकारी व्यापारीले खरिद मूल्यको दोब्बरमा बिक्री–वितरण गरेको पनि भेटियो रिजालले भनिन्– ‘केहि पसलहरू विनादर्तासमेत सञ्चालनमा रहेछन् उनीहरूलाई मापदण्डमा आउन केही समय दिएका छौँ । ‘मूल्यसूची नराख्ने, गुणस्तरहीन वस्तुको बिक्री–वितरण गर्ने गरेको पाइएको छ । त्यस्तालाई पहिलोपटक खबरदारी गरेका छौँ ।  आगामी दिनमा पनि यस्तै भेटिएमा कारबाही अगाडि बढाउनेछौँ ।’ 

मंगलबार पाँच फलफूल र तरकारी पसल साथै दुईवटा किराना पसलमा अनुगमन गरिएको छ । जसमध्ये फलफूल र तरकारी पसलमा स्वास्थ्यका मापदण्ड पनि नअपनाई उपभोक्ताको भिड र खरिद मूल्यको तुलनामा बिक्री मूल्य दोब्बर नै रहेको पाइएको छ । 

अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालय उपभोक्ता मञ्च, बाग्लुङ नगरपालिका, पत्रकार र प्रहरी प्रशासनको संयुक्त टोली रहेको थियो । महामारी र निषेधाज्ञाको समयमा दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्दा उपभोक्ताका स्वास्थ्यमा खेलबाड गरी गुणस्तरहीन वस्तु बिक्री–वितरण गर्नेका लागि प्रशासनले तत्काल कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बाग्लुङ नासु तेजराज गौतमले बताए । 

‘संकटका वेला मात्र नभएर जुन समयमा पनि उपभोक्तालाई ठग्नेलाई प्रशासनले कारबाही गर्नेछ । गौतमले भने– ‘होलसेल व्यापारीले नै खरिद मूल्यभन्दा बिक्री मूल्य दोब्बर बनाएर बेचेका छन् । फलफूल र तरकारीमा मात्र नभएर अन्य व्यवसायमा पनि यस्तै गरेको उपभोक्ताको गुनासो छ । समितिले नियमित अनुगमन गर्नेछ । 

अनुगमनका क्रममा दर्ता प्रक्रिया पूरा नगरेका पसलहरूलाई तत्काल दर्ता गरी आफ्ना व्यवसाय सञ्चालन गर्न गुणस्तरयुक्त वस्तुहरू खरिद–बिक्री गर्नका निम्तिी आग्रह गरिएको छ ।