Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
उपेन्द्र खनाल
२०७५ फाल्गुण ७ मंगलबार ११:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

५७ कर्मचारी  चार महिनादेखि तलबविहीन

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल
२०७५ फाल्गुण ७ मंगलबार ११:०६:००

बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत ५७ कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । केन्द्रमा रहेका ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले तलब नपाएका हुन् । 

केन्द्रका नासु पूजा कार्कीले असोजदेखि तलब नपाएको बताइन् । ‘छोरीले जागिर खाइछे भनेर घरमा बाबाआमा ढुक्क भएर बस्नुभएको थियो, कहिलेकाहीँ बचत भएको पैसा घरखर्च पनि पठाउँथेँ, खुसी हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘तर चार महिनादेखि तलब पाइएको छैन । अब त भाडा तिर्न पनि पैसा छैन । घरैबाट मगाउँदा बाबाआमा चिन्तित बन्नुभएको छ ।’

केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले राज्यले पर्याप्त बजेट नछुट्याउँदा ५७ कर्मचारी असोजबाट तलब नखाइकन सेवा गरिरहेको बताए । ‘सरकारले तलब र प्रशासनिक खर्चमा २० लाख रुपैयाँ पठाए पनि त्यसले एक महिनाको तलब मात्रै पुगेको छ ।’ उनले भने ।

सो केन्द्रका कर्मचारीहरूको तलबबापत २० लाख रुपैयाँ विनियोजन गरे पनि हरेक महिनामा कर्मचारीलाई तलब खुवाउन १५ लाख रुपैयाँ लाग्छ । सरकारले पठाएको रकमले साउन महिनाको तलब खुवाएर बाँकी पाँच लाख रुपैयाँमा अस्पताल विकास समितिले रकम थप गरी भदौ र असोज महिनाको तलब खुवाइएको केन्द्रले जनाएको छ ।

जथाभावी कर्मचारी भर्ना गर्दा समस्या
अस्पताल विकास समितिले जथाभावी करारका कर्मचारी भर्ना गरेपछि केन्द्रमा समस्या सिर्जना भएको हो । राजनीतिक पहुँचका आधारमा आवश्यकताभन्दा बढी कर्मचारी नियुक्त गरिएपछि कर्मचारीलाई तलब अपुग भएको स्थानीयको गुनासो छ । केन्द्रमा हाल दैनिक एक सयको हाराहारीमा बिरामी आउँछन् ।