१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ जेठ २५ मंगलबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेडपान्डाको छालासहित अत्तरियाबाट एक युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७८ जेठ २५ मंगलबार १२:३८:००

दुर्लभ वन्यजन्तुको सूचीकृत रेडपान्डाको छालासहित कैलालीको अत्तरियाबाट एक युवक पक्राउ परेका छन्। संघीय प्रहरी इकाइ कार्यालय सुदूरपश्चिमको सिभिल टोलीले बझाङ, वित्थडचिर गाउँपालिकाका २३ वर्षीय अमर धामीलाई पक्राउ गरेको हो।

‘बझाङबाट रेडपान्डा तस्करी गरेर ल्याइएको सूचनाका आधारमा खोजतलास गर्दा छालासहित पक्राउ गरेका हौँ,’ एक प्रहरी अधिकृतले भने। उनी अत्तरियास्थित गेटा सामुदायिक वनको जंगलबाट पक्राउ परेका हुन्। रेडपान्डा राष्ट्रिय निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तुमा राखिएको छ । साइटिस अनुसूची १ र आइयुसियन रातो किताबमा अति संकटापन्न सूचीमा सूचीकृत छ।

नेपालमा १६ हजार ३ सय १६ वर्ग किलोमिटर क्षेत्रमा रेडपान्डाकाे वासस्थान रहेको बताइन्छ। त्यसमध्ये सबैभन्दा बढी ४६ प्रतिशत पश्चिममा २८ प्रतिशत पूर्व र २६ प्रतिशतमध्ये क्षेत्रमा रेडपान्डाकाे वासस्थान रहेको पाइन्छ।