मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७८ जेठ २५ मंगलबार ०५:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा बालबालिकामाथि कोभ्याक्सिन परीक्षण सुरु

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७८ जेठ २५ मंगलबार ०५:१८:००

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय मेडिकल साइन्सेज (एम्स)ले बालबालिकाको प्रयोगका लागि कोभिड–१९ विरुद्धको खोप कोभ्याक्सिनको क्लिनिकल परीक्षणको सुरु गरेको छ । अस्पतालका अधिकारीहरूले खोप परीक्षण सोमबारबाट सुरु गरेको जनाएका छन् । 

परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकामाथि सुरु गरिएको हो । एम्सका एक अधिकारीले भने, ‘परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।’ भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभ्याक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति प्रदान गरेको थियो । 

कोभ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि पहिले नै परीक्षण सुरु गरिसकिएको छ ।