१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिस खुद्दार
२०७५ फाल्गुण ७ मंगलबार १०:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

डाँका समूहविरुद्ध प्रहरी कारबाही

हातहतियारसहित दुई पक्राउ, डाँका समूहका केही फरार

Read Time : < 1 मिनेट
हदिस खुद्दार
२०७५ फाल्गुण ७ मंगलबार १०:५८:००

डकैती अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरी विदेह नगरपालिका–४ ठाडिझिजाका सोमन पासवान र सोही गाउँका रञ्जित भनिने अरुणकुमार पासवानलाई पक्राउ गरेको छ ।

२५ माघमा जिल्लाको कमला नगरपालिका–१ मंगराहाका बह्मदेव यादव र वडा–३ का रामचन्द्र मण्डलको घरमा डाँका समूहले हतियार देखाई लाखौँ मूल्यबराबरको धनमाल लुटपाट गरेको थियो । ठाडिझिजाको एक घरमा ७÷८ जनाको समूहमा डाँकाहरू लुकेर बसेको खबर पाएको आधारमा प्रहरीले शनिबार राति करिब डेढ बजे छापा मार्दा केही भाग्न सफल भएको तथा सोमन र रञ्जित पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक शेखर रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए । 

हातहतियार बरामद
उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, त्यसमा लोड हुने गोली २ राउन्ड, हथौडा, छेनी, कैँची, पेचकसलगायत सामग्री, ३ थान क्यामरा, केही लागुऔषध र नगद ९ हजार ९ सय २५ रुपैयाँ बरामद गरेको जानकारी प्रहरीले दिएको छ । डाँका समूहका अधिकांश सदस्य सिरहा, सप्तरी, सर्लाही, महोत्तरी र भारतीय सीमापारिका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए । 

पक्राउ परेकामध्ये रञ्जित ०७० सालमा जिल्लाको बनिनियाँस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको कार्यालयमा भएको डकैतीमा समेत संलग्न रहेको पाइएको उनले जानकारी दिए । डाँका समूहले बह्मदेवको घरबाट ३ लाख १२ हजार र रामचन्द्रको घरबाट १ लाख ६७ हजार रुपैयाँबराबरको धनमाल लुटेको थियो ।

पक्राउ परेकाहरूविरुद्ध हातहतियार खरखजाना, लागुऔषध तथा डकैती मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले जनकपुरधाम–२० देवपुरा रुपैठा बस्ने इसराफुल खानलाई हातहतियार राखेको आरोपमा पक्राउ गरेको छ । खानको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।