मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २४ सोमबार १७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवानिवासमा प्रचण्ड र माधव नेपाल

Read Time : < 1 मिनेट
२०७८ जेठ २४ सोमबार १७:२७:००

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । छलफलका लागि प्रचण्ड र नेपाल देउवानिवास बुढानीलकण्ठ पुगेका हुन् ।  

स्थायी कमिटीका नेताहरूसँगको भर्चुअल छलफलपछि नेपाल सोमबार साँझ बुढानीलकण्ठ पुगेका छन् । नेपाल सोमबार साँझ देउवानिवास पुगेका हुन् । 

सोमबार दिउँसो देउवासँग छलफल गरेका प्रचण्ड साँझ पुनः बुढानीलकण्ठ पुगेका छन् । देउवा, प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको कांग्रेस स्रोतले जनाएको छ ।

प्रदेश सरकारमा विपक्षी गठबन्धनको रणनीति तय गर्न देउवा, प्रचण्ड र नेपाल छलफलमा जुटेको एक नेताले बताए ।