१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ

ब्लुबर्डको ट्यालेन्ट हन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:५९:००

ब्लुबर्ड एजुकेसन नेटवर्कले अन्तरविद्यालय ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ । कुमारीपाटीस्थित क्रिस्टल पार्टी प्यालेसमा भएको कार्यक्रममा ब्लुबर्ड एजुकेसन नेटवर्कका स्कुल तथा कलेजमा यस वर्ष भएका खेलकुद एवं शैक्षिक प्रतिस्पर्धाका विभिन्न विधामा पुरस्कारसमेत वितरण गरेको छ । 

कार्यक्रममा कक्षा ११ को परीक्षाफलमा विषयगत रूपमा ए प्लस ल्याउने तथा विविध अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने दुई सयभन्दा बढी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यार्थीको बौद्धिक तथा सिर्जनात्मक क्षमता प्रस्फुटन गराउने उद्देश्यले गरिएको ट्यालेन्ट हन्ट कार्यक्रममा १५ जनाभन्दा बढी विद्यार्थीले गीत, नृत्य तथा अन्य मनोरञ्जनात्मक सामग्री प्रस्तुत गरेकाथिए । तीमध्ये अस्मिता राई सर्वोत्कृष्टघोषित भइन् । 

यस वर्ष ब्लुबर्ड कलेजका तीनजना विद्यार्थीले नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोक र एकजना विद्यार्थीले एमबिबिएसमा छात्रवृत्ति पाएको शिक्षक दीपकबाबु पौडेलले जानकारी दिए ।कार्यक्रममा ब्लुबर्ड एजुकेसन नेटवर्कका सिइओ एवं प्रिन्सिपल बिएस क्षत्रीले हरेक विधाका उत्कृष्ट सम्पूर्ण विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।