१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २३ आइतबार १५:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खनाल–नेपाल पक्षले भन्यो- एकताका लागि हामी सार्थक र परिणाममुखी वार्ताका पक्षमा छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २३ आइतबार १५:०२:००

एमालेको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफूहरू पार्टी एकता जोगाउन सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको जनाएको छ ।

केन्द्रीय कमिटीको दशबुँदे निर्णय आइतबार सार्वजनिक गर्दै नेपाल–खनाल समूहले आफ्नो अडान सार्वजनिक गरेको हो । उनीहरूले यसअघि बुझाएको ६बुँदे एकताको प्रस्तावलाई आधार मानेर नेताहरूमाथि कारबाही फिर्ता हुनुपर्ने सर्त पनि अगाडि सारेका छन् ।

‘हामी पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा छौँ। तर, केपी ओलीबाट गत फागुन २८ गते पार्टी विधानविपरीत गरिएको फुटपरस्त निर्णयपछि तीन महिना बित्न थालिसकेकाे छ । यस अवधिमा प्रधानमन्त्रीसमेत रहनुभएका केपी ओलीबाट नेपालको संविधान र पार्टीको विधानविपरीत विभिन्न गतिविधि भएका छन्,’  विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा एकता कायम गर्ने दिशामा उन्मुख हुनुको साटो अन्तर्विरोध र विभाजन बढाउने कामकुरा गरिएका छन्। यस्तो अवस्थामा हामीले अघि सारेका कुराहरू तत्काल निश्चित समयावधिमा विश्वनीय रूपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी ओली पार्टी एकताको पक्षमा रहनुभएको ठहरिनेछ । साथै केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्कासनलगायतका सबै कारबाहीहरू तत्काल खारेज गरिनुपर्छ ।’ अन्यथा कुनै पनि प्रकारको जालझेलमा नअल्झिने नेपाल–खनाल समूहको चेतावनी छ ।