१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

भारत र पाकिस्तानबीच सिरिज सम्भव छैन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:४०:००

पुलवामामा भएको आतंकारी आक्रमणसँगै पुनः एकपटक भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएको छ । पाकिस्तानी आतंकवादी समूहले पुलवामामा आक्रमण गरेको भारतीय पक्षको दाबी छ । यस घटनासँगै पुनः एकपटक पाकिस्तान र भारतबीचको क्रिकेट सिरिजमा प्रश्न उठ्न थालेको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल)का अध्यक्ष राजीव शुक्लाले वर्तमान अवस्थामा दुई राष्ट्रबीचको सिरिज हुन नसक्ने बताएका छन् । ‘अहिलेको वातावरणमा पाकिस्तानसँग क्रिकेट खेल्न सक्ने अवस्थामा हामी छैनौँ,’ शुक्लाले भारतीय मिडियासमक्ष भने, ‘दुई राष्ट्रबीचको सम्बन्ध झनै बिग्रेको छ ।’

सरकारको समर्थन चाहिने
आइपिएलका अध्यक्ष शुक्लाले सरकारले पहेँलो झन्डा देखाउँदा छिमेकी पाकिस्तानसँग कुनै पनि वेला क्रिकेट सिरिज खेल्न सक्ने विश्वास दिलाए । ‘जबसम्म दुई राष्ट्रका सरकार प्रमुखले क्रिकेट खेल्न हरियो झन्डा देखाउँदैनन्, त्यसवेलासम्म समर्थकले भारत र पाकिस्तानबीचको क्रिकेट सिरिज हेर्न पाउनेछैनन्,’ सरकारमाथि दबाब दिँदै शुक्लाले भने, ‘बोर्डले चाहेर मात्र सम्भव छैन, सरकारीस्तरमै निर्णय हुनुपर्छ ।’ 

इन्डियन प्रिमियर लिग (आइपिएल)का अध्यक्ष राजीव शुक्लाले पुलवामामा भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीचको क्रिकेट हुन नसक्ने बताए

खेलकुद र राजनीति फरक
भारतीय मिडियासँगको कुराकानीमा शुक्ला पाकिस्तानी क्रिकेट टोलीसँग लचिलो देखिएका छन् । उनले राजनीति र क्रिकेट फरक पाटो भएको बताए । ‘क्रिकेटलाई राजनीतीकरण गर्नुहुन्न, यही प्रथाले निरन्तरता पाउँदा दुई मुलुकका खेलाडीले कहिल्यै एक–आपसमा सिरिज खेल्न सक्नेछैनन्,’ उनले भने, ‘तर, यहाँ पाकिस्तान र भारत सरकार नै बाधक बनेको पाउँछु ।’ शुक्लाले खेललाई राजनीतिभन्दा माथि राख्दा सबैको कल्याण हुने बताए । ‘हामीले सधैँ भन्दै आएका छौँ, खेललाई राजनीतिभन्दा माथि राख्नुपर्छ, खेलमा राजनीति घुसाउँदा त्यसको प्रभाव राम्रो हुँदैन,’ उनले थपे, ‘स्वच्छ भावनाका साथ अगाडि बढ्दा सिरिज सम्भव नभएको पनि होइन ।’ 

पाकिस्तानद्वारा आतंकवादलाई समर्थन
खेलाडीलाई राजनीतिभन्दा बाहिर राख्नुपर्ने बताएका शुक्लाले पाकिस्तान सरकारले नै आतंकवादको समर्थन गरेका कारण दुई मुलुकबीचको सम्बन्ध चिसिएको बताए । ‘पाकिस्तानले आतंकवादलाई समर्थन गरिरहेको छ, यो कसैबाट पनि लुकेको छैन,’ आरोप लगाउँदै शुक्लाले भने, ‘पुलवामाको घटनाले हामी सबैलाई दुःखी बनायो ।’ पुलवामा घटनामा ४६ भारतीय सैनिक मारिएका थिए ।