मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:५८:००
Read Time : < 1 मिनेट
अर्थ

‘फ्याक्ट्स अफ नेपाल २०१९’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:५८:००

फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको ‘फ्याक्ट्स अफ नेपाल २०१९’ सोमबार सार्वजनिक गरेको छ । २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षका विभिन्न क्षेत्रको तथ्यांक संकलन गरी बनाइएको सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) समावेश गरिएका छन् । सरल र जानकारीमूलक तरिकाबाट गरिएको क्षेत्रगत तथ्यांकको विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको प्रकाशकले जनाएको छ ।

 पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिकलगायत १९ क्षेत्र समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको पाँचौँ संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करण देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रमा लोकप्रिय भएका थिए । साथै, पुस्तकलाई तथ्यांक र अन्तर्दृष्टिको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतका रूपमा समेत लिने गरिएको छ ।

यो संस्करणको मूल्य ४ सय रुपैयाँ राखिएको छ । देशका प्रमुख पुस्तक पसलका साथै इ–सेवापसलडटकमबाट पनि किताब खरिद गर्न सकिने बताइएको छ । साथै, वि–रिडको मोबाइल एप्लिकेसनबाट डाउनलोड गरेर पनि यो किताब पढ्न सकिनेछ ।