मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २३ आइतबार ०६:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिराहामा औषधि व्यवसायीमाथि गोली प्रहार

Read Time : < 1 मिनेट
२०७८ जेठ २३ आइतबार ०६:५६:००

मिर्चैयामा रहेको एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालकमाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहले शनिबार साँझ साढे ७ बजेतिर गोली प्रहार गर्दा मेडिकोका सञ्चालक ४० वर्षीय रामसागर साफी घाइते भएका छन् । उनको हातमा र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते साफीको मिर्चैयामै रहेको मंगलम हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयअनुसार विद्युत् ट्रिप (काटिएको) मौकामा अज्ञात समूहले साफीमाथि गोली प्रहार गरी फरार भएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले गोली लागेर घाइते साफीको उपचार भइरहेको र गोली प्रहार गर्नेको खोजी भइरहेको बताए ।

औषधि व्यवसायी साफीमाथि गोली प्रहार किन भएको भन्ने खुल्न सकेको छैन । गोली प्रहार भएको स्थान इलाका प्रहरी कार्यालय मिर्चैयादेखि डेढ सय मिटरको दूरीमा मुख्य सडकमै रहेको छ । प्रहरीको उपस्थिति भइरहने कटारी चोक र थाना चोकको बीचमा गोली प्रहार हुँदा स्थानीय त्रसित बनेका छन् ।