१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:२६:००
Read Time : < 1 मिनेट
खेलकुद

बार्सिलोनालाई लियोनको चुनौती

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:२६:००

स्पेनिस महारथी बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार दोस्रो क्वार्टरफाइनल लेगमा फ्रेन्च क्लब लियोनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । स्पेनिस लालिगामा रवाफिलो प्रदर्शन गरे पनि बार्सिलोना पछिल्ला वर्षमा च्याम्पियन्स लिगमा निष्प्रभावी देखिँदै आएको छ । 

स्थिर प्रदर्शनको चुनौती
अन्तिम १६ का लागि हुने भिडन्तमा बार्सिलोनाले तुलनात्मक रूपमा सहज मानिएको लियोनविरुद्ध समान्य गल्ती दोहोर्‍याउने छैन । पछिल्लो समय बार्सिलोना अस्थिर प्रदर्शनको सिकार भएको छ । बार्सिलोनाले ५ मध्ये ३ खेलमा बराबरी र २ मा जित निकालेको छ । 

बार्सिलोना निश्चित जितसहित पहिलो लेगमै क्वार्टरफाइनल यात्रा बलियो बनाउने ध्याउन्नमा हुनेछ । कोपा डेल रेमा एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले गत आइतबार लालिगामा रियल भालाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो ।

लियोनको आत्मविश्वास
५९ हजार दर्शक क्षमताको घरेलु मैदानमा लियोन बलियो आत्मविश्वासका साथ मैदानमा उत्रनेछ । पछिल्ला पाँचमध्ये १ खेलमा मात्र पराजित लियोन फ्रेन्च लिग वानको अंकतालिकामा तेस्रो स्थानमा छ । लियोनले पिएसजीसँग २–१ ले पराजित भएयता लिगमा कुनै पनि खेलमा हारको सामना गरेको छैन ।

कमजोर प्रदर्शन
बार्सिलोना चार वर्षयता क्वार्टरफाइनलबाटै बहिर्गमन गर्न बाध्य हुँदै आएको छ । २०१५ मा च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसलाई ३–१ ले हराउँदै उपाधि जितेपछि बार्सिलोना अन्तिम चारसम्मको यात्रा तय गर्न असफल छ ।  गत संस्करणमा रोमालाई पहिलो लेगमा ४–१ ले पराजित गरेको बार्सिलोना दोस्रो लेगमा ३–० ले पराजित भएपछि समग्रमा ४–४ गोल भए पनि अवे गोलका आधारमा क्वार्टरफाइनलबाटै बाहिरियो ।

२०१७ मा पनि बार्सिलोना युभेन्टससँग क्वार्टरफाइनलमै रोकिन पुगेको थियो । पहिलो लेगमा निकालेको ३–० को जित नै युभेन्टसलाई सेमिफाइनल पुग्न पर्याप्त भएको थियो ।