१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २३ आइतबार ०५:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जोय फाउन्डेसनद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरणमा सहजीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २३ आइतबार ०५:४२:००

नेपालका विभिन्न सरकारी अस्पतालमा सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्न जोय फाउन्डेसनले सहजीकरण गरको छ । ती अक्सिजन कन्सन्ट्रेटर ताइवान युएम च्यारिटेबल फाउन्डेसन÷ताइवान युएम बुद्धिस्ट सोसाइटीका तर्फबाट मिलारेपा मेडिटेसन सेन्टर साँखुले हस्तान्तरण गरेको हो । 

ती सामग्री चीनबाट ढुवानी गरेर नेपाल ल्याउने काम जोय फाउन्डेसनले गरेको थियो । यी अक्सिजन कन्सन्टे«टर सरकारी अस्पताल तथा स्वास्थ्य चौकी र अन्य संघसंस्थालाई आवश्यकताका आधारमा वितरण गरिने जोय फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठले बताए । यसबाट अक्सिजन अभाव भइरहेको अहिलेको अवस्थामा पूर्ति गर्न सहयोग पुग्ने र धेरैभन्दा धेरै जनताको जीवन रक्षा हुने फाउन्डेसनले जनाएको छ । 

यी अक्सिजन कन्सन्ट्रेटर नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, कास्की, काठमाडौं, ललितपुर, बर्दिया, बाग्लुङ, भक्तपुर र मकवानपुरमा वितरण गरिने फाउन्डेसनले जनाएको छ ।