१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार १०:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

टी-२० महिला विश्वकप एसियन छनोटमा नेपाल मलेसियासँग भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार १०:०६:००

नेपालले अस्ट्रेलियामा हुने टी–२० महिला विश्वकप तथा सन् २०२१ मा न्युजिल्यान्डमा हुने एकदिवसीय महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि मंगलबार एसियन छनोटमा मलेसियाको सामना गर्दै छ । थाइल्यान्डमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मलेसियाविरुद्ध खेल्न लागेको हो । राउन्डरोबिनअनुसार हुने प्रतिस्पर्धाको विजेता मात्र छनोट चरणमा प्रवेश गर्नेछ । 

च्याम्पियन बन्ने लक्ष्य
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुबिना क्षेत्रीले च्याम्पियन बन्ने लक्ष्य रहेको बताएकी छिन् । ‘हामी च्याम्पियन हुँदै अघिल्लो चरणमा पुग्ने योजनामा छौँ,’ क्षेत्रीले भनिन्, ‘यसपटक हाम्रो अभ्यास राम्रो छ ।’ प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, चीन, हङकङ, कुवेत, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन् । कप्तान क्षेत्रीले राउन्डरोबिन लिगमा खेलाडीले आ–आफ्नो क्षमताअनुरूप प्रदर्शन गर्दा नेपाललाई च्याम्पियन हुनबाट कसैले छेक्न नसक्ने बताइन् । ‘सबै खेलाडीले शतप्रतिशत मिहिनेत गर्दा नेपालले उपाधिमाथि दाबेदारी दिन सक्छ,’ उनले भनिन् । आइसिसीको महिला क्रिकेट वरीयतामा नेपाल १६औँ स्थानमा छ । 

एक्सपोजरको कमी
महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक विनोद दासले खेलाडीमा एक्सपोजरको कमी भएको बताएका छन् । प्रतियोगितामा सहभागीमध्ये युएई र हङकङका खेलाडीले राम्रो एक्सपोजर पाएको उनले बताए । प्रतियोगितामा विपक्षीलाई मौका दिँदा मूल्य चुकाउनुपर्ने उनले बताए । नेपालले ९ फागुनमा आयोजक थाइल्यान्डसँग खेल्नेछ । यसैगरी १० फागुनमा युएई र १२ फागुनमा हङकङको सामना गर्नेछ । त्यस्तै, १३ फागुनमा चीन र १५ फागुनमा कुबेतविरुद्ध नेपालको प्रतिस्पर्धा छ ।