१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ जेठ २२ शनिबार १३:०६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सांसदका छोराको कार दुर्घटना रहस्यम      

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ जेठ २२ शनिबार १३:०६:००

प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रोबिन कार्कीले कुदाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको  र एकजनालाई सख्त घाइते बनाएको घटना रहस्य बनेको छ । बिहीवार साँझ विराटनगरको एयरपोर्ट मार्गमा सांसद कार्कीका छोरा करिब २५ वर्षीय रोबिन कार्कीले कुदाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको र अर्का पैदलयात्री मोरङ कटहरीका गाउँपालिका २ का  २२ वर्षीय राजकुमार राजवंशी घाइते भएको घटनाको प्रारम्भिक अनुसन्धान प्रहरीले सार्वजनिक नगर्दा दुर्घटना रहस्मय बनेको हो ।  

प्रत्यक्षदर्शीका अनुसार मापसे सेवन गरेर तीब्र गतिमा कुदेको कारले विराटनगर ४ स्थित एयरपोर्ट मार्गमा रहेको ‘हयास ट्याग रेस्टुेन्ट’ अगाडि न्यु एभरेष्ट स्टिल उद्योगमा काम गर्ने दुईजना पैदयात्रीलाई ठक्कर दिएको थियो । पैदयात्रीहरू आफ्नै साइडबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा सांसदका छोराले कुदाएको कारले उनीहरूले देब्रे साइडमै आएर ठक्कर दिएको थियो ।

कारकोे ठक्करबाट भारतीय नागरिक शर्माको उपचारका लागि कोसी अस्पताल ल्याउने क्रममा साँझ नै मृत्यु भएको थियो भने अर्का घाइतेको नजिकै रहेको नोबेल अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार मृतक शर्माको शव आफन्तले बुझेका छन् भने घाइते राजवंशी अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार साँझसम्म प्रहरीमा कुनै किटानी जाहेरी पनि परेको छैन । 

स्थानीय प्रत्यक्षदर्शीहरूले कार तीव्र गतिमा एयरपोर्ट रोडमा पश्चिमतर्फ कुदेको र चालक प्रदेश सांसद बिन्दिया कार्कीका छोरा तथा उनका स्वकीय सचिवसमेत रहेका रोहिन कार्की नै रहेको बताएका छन । प्रत्यक्षदर्शीहरूका अनुसार कारमा दुईजना युवतीहरु पनि थिए । तर, उनीहरू घाइतेको उद्धारमा लागेका स्थानीयको आँखा छलेर फरार भएका थिए । प्रहरीले घटनास्थलबाट केही थान मोबाइल र ड्राइभिङ लाइसेन्स बरामद गरेको जनाएको छ । तर, बरामद ड्राइभिङ लाइसेन्स तत्काल कार कुदाउने चालक कार्कीको भने होइन ।  

घटनाको सूचना पाएपछि विराटनगर बरगाछीमा रहेको प्रहरीचौकीको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले तुरुन्तै दुर्घटनाग्रस्त कारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेको थियो । लकडाउनकको सयमा मापसे गरेर विनालाइसेन्स सवारी कुदाउने सांसदका छोरालाई प्रहरीले चाहेर पनि अझैसम्म पक्राउ गरेको छैन । न त घटनाबारे कुनै तथ्य वा प्रारम्भिक सूचना नै प्रहरीले सार्वजनिक गरेको छ । 

मोरङका एसपी सन्तोष खड्काले  दुर्घटनाबारे सूचना आएपछि आफूहरूले गहन अनुसन्धान थालेको बताए । भने, ‘हाम्रो टोली पुग्दा सबै भागिसकेका थिए । हामीले पहिले घाइतेको उद्धार गरेपछि कार कसकाे हो र कसले कुदाएको थियो र गाडीमा को–को थिए र कता किन जाँदै थिए भन्ने सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ । कसुर पाइएमा ठूलो–सानो कोही भन्दैनौँ सबैलाई पक्राउ गरेर कारबाही गर्नेर्छौँ ।’ प्रदेश सांसद बिन्दिया कार्कीक छोरा रोबिनले कुदाएर कार दुर्घटना गराएको पृष्टि भइसकेको छ ।  

प्रदेश सांसद बिन्दिया कार्की नेपाली कांग्रेसबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । उनले आपनो स्वकीय पनि आफनै छोरालाई राखेकी छिन् । सांसद कार्कीले आफ्नो कार आफूले कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको शववाहनका लागि निशुल्क दिएको र आफ्नाे छोराले कार कुदाएर दुर्घटना नगरेको दाबी गरेकी छिन् । भन्छिन्, ‘घटना के हो प्रहरीले अनुसन्धान गर्दै छ सत्यतथ्य बाहिर आइहाल्छ मेरो छोराको कुनै दोष छैन ।’    

सांसद काकीले गत वर्ष आफ्नाे सांसद विकास कोषको रकमबाट जिल्ला प्रहरी मोरङलाई एक सयवटा काठका खाट पनि वितरण गरेकी थिइन् । यता प्रत्यक्षदर्शी र मृतक र घाइतेका आफन्तहरूले प्रहरीले पहुँचवालाको दबाबमा नक्कली चालक खडा गरेर कानुनी कारबाही प्रभावित गराउन खोजिरहेको आशंका गरेका छन् ।

प्रहरी स्रोतका अनुसार चाहेको भए प्रहरीले बिहीबार साँझ नै सिसिटिभी फुटेज र अस्पताल निगरानी गरेर सांसदका छोरा र कारमा सवार युवतीहरूलाई नियन्त्रणमा लिन सक्ने थियो । तर, दबाबमा परेकै कारण प्रहरीले घटनालाई मोडन खोजिरहेको चर्चा पनि व्यापक भएको छ । तर, प्रहरीले भने सूक्ष्म अनुसन्धान गर्नुपर्ने भएकाले घटना सार्वजनिक गर्न समय लागेको बताइरहेको छ ।