१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

साउदी युवराज सलमानको नजरयुनाइटेडमा

साउदी अरेबियाका युवराज सलमानले ३ अर्ब ८० करोड पाउन्डमा म्यानचेस्टर युनाइटेड किन्न लागेको बेलायती मिडियाको दाबी

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:०५:००

साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले म्यानचेस्टर युनाइटेड क्लब आफूले किन्ने प्रयास नगरेको दाबी गरेका छन् । बेलायती मिडियाका अनुसार युवराज सलमानले ३ अर्ब ८० करोड पाउन्डमा युनाइटेड किन्न लागेका हुन् । अन्तर्राष्ट्रिय मिडियामा युनाइटेडसम्बन्धी समाचार सम्प्रेषण भएपछि युवराज सलमानले इंग्लिस क्लबमा कुनै चासो नराखेको स्पष्ट पारेका छन् । ‘मिडियामा आएका समाचारमा सत्यता छैन, मैले युनाइटेड किन्न लागेको कुरा बिल्कुलै झुटो हो,’ युवराज सलमानले साउदी मिडियालाई भने । पछिल्लो समय सलमान युनाइटेडसँग नजिक छन् । 

अमेरिकन मालिक ग्लाजेर हट्दै
युनाइटेडले लगातार पाँच वर्ष इंग्लिस प्रिमियर लिग तथा युरोपियन फुटबल प्रतियोगितामा खराब प्रदर्शन गरेपछि अमेरिकन मालिक ग्लाजेर पछि हट्न लागेको ब्रिटिस मिडियाले जनाएका छन् । सर एलेक्स फर्गुसनले सन्न्यास लिएपछि युनाइटेड एकपटक पनि प्रिमियर लिग च्याम्पियन भएको छैन । यसबीचमा युनाइटेडले आधा दर्जन प्रशिक्षक परिवर्तन गरेको छ । तर, ती प्रशिक्षकले युनाइटेडलाई प्रिमियर लिग च्याम्पियन बनाउन सकेनन् । अन्तर्राष्ट्रिय बजारमा युनाइटेडको भाउ घटेपछि आर्थिक संकट आउन सक्ने जनाउँदै अमेरिकन मालिक ग्लाजेर ओल्डट्राफोर्डबाट बाहिरिन खोजेको ब्रिटिस मिडियाले दाबी गरेका छन् । १४ वर्षअघि ग्लाजेरले ७८ करोड ९० लाख पाउन्डमा युनाइटेडका सबै स्वामित्व ग्रहण गरेका थिए । 

टर्किस सञ्चारमन्त्रीको दाबी
टर्कीका सञ्चारमन्त्री अल सावनाहले आइतबार एउटा ट्विट गरे । सावनाहले ट्विटरमा साउदी युवराजले युनाइटेड किन्न लागेको उल्लेख गरे । यससँगै साउदी युवराज सलमान छिट्टै युनाइटेडको मालिक बन्न लागेको ब्रिटिस मिडियाले जनाएका हुन् । ‘साउदीका युवराज सलमानले युनाइटेड किन्न लागेका छन्,’ टर्किस सञ्चारमन्त्री सावनाहको ट्विटमा भनिएको छ । उनको ट्विटसँगै युनाइटेडले पनि तत्कालै विज्ञप्ति जारी गर्दै युवराज सलमानसँग केही वार्ता नभएको स्पष्ट पार्‍यो ।