मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७८ जेठ २१ शुक्रबार १३:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यादेशविरुद्धका ६ रिटको पेसी आज

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७८ जेठ २१ शुक्रबार १३:१०:००

सरकारले ल्याएको अध्यादेशविरुद्धका ६ रिटको आज पेसी तोकिएको छ । आज संवैधानिक इजलासले यी रिटउपर सुनुवाइ गर्दै छ ।

पूर्ण बैठक सकिएलगत्तै इजलास बस्ने सर्वोच्च प्रशासनले जनाएको छ । अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटीलगायतले हालेको रिटको सुनुवाइ आजको इजलासले गर्नेछ ।

संवैधानिक इजलासको गठनको विषयलाई लिएर विवाद भइरहेका वेला आजको इजलास भने वरिष्ठताक्रमकै आधारमा तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा रहने संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । यसपछि १४ जेठभित्र अध्यादेश संविधान र राष्ट्रियताविरुद्ध भएको भन्दै आधा दर्जन रिट दर्ता भएका थिए ।