१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नोउरियल रोउबिनी
२०७५ फाल्गुण ७ मंगलबार ०९:३७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

कस्तो होला सन् २०१९ मा विश्व अर्थतन्त्र ?

Read Time : > 3 मिनेट
नोउरियल रोउबिनी
२०७५ फाल्गुण ७ मंगलबार ०९:३७:००

सन् २०१७ को एक समान विश्वव्यापी आर्थिक विस्तारपछि सन् २०१८ मा असमान वृद्धि भयो । सो समयमा अमेरिकाबाहेक अधिकांश अन्य राष्ट्रले आर्थिक सुस्तीको अनुभव गर्न सुरु गरे । आर्थिक सुस्ती, अमेरिकी मुद्रास्फीति, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)को नीति, व्यापार युद्ध र उदीयमान बजारमा देखिएको आर्थिक कमजोरीको चिन्ताले गत वर्षको अन्त्यतिर विश्व सेयर बजारले तीव्र कमीको नेतृत्व ग-यो । 

सन् २०१९ को सुरुवात भने खुसीको समाचारका साथ भयो । त्यो हो, विश्वव्यापी मन्दीको सम्भावना एकदमै न्यून देखिनु । तर, नराम्रो समाचार के हो भने हामी एकसाथ विश्वव्यापी आर्थिक सुस्तीतर्फ बढ्दै छौँ । विश्व अर्थतन्त्रमा थप कमी आउने र अधिकांश क्षेत्रमा त सम्भावनाभन्दा निकै न्यून दरको आर्थिक वृद्घि हुने अनुमान छ । गत वर्षको अन्तिम त्रैमासमा खराब अवस्थाबाट गुज्रेको जोखिमयुक्त सम्पत्ति (अमेरिकी र विश्वव्यापी सेयर बजार) यो वर्षको सुरुवातमा भने संगठित बन्यो ।

गत वर्षको अन्तिम त्रैमासमा भने फेडको ब्याजदर वृद्घि र चीन तथा अमेरिकाको आर्थिक वृद्घिको चिन्ताका कारण अधिकांश बजारहरू प्रभावित बनेका थिए । त्यसयता अमेरिकाले नयाँ ढंगले काम गर्नतिर लागिपरेको र चीनको बृहत् आर्थिक कडाइ केही खुकुलो बनेको हुँदा त्यसले सुस्ती केही नियन्त्रित बनेको संकेत गरेको छ ।

तुलनात्मक रूपमा यी सकारात्मक परिस्थितिहरू कहिलेसम्म टिक्छ भन्ने विषय भने अन्य थुपै्र कुरामा निर्भर छ । पहिलो त फेडलाई नै लिऔँ । बजारमा फेडले यो वर्ष मौद्रिक नीतिलाई स्थगित गर्ने कुरामा मूल्य निर्धारण भइरहेको छ भने अमेरिकी श्रम बजार निकै राम्रो अवस्थामा छ । तलब बढ्यो र मुद्रास्फीति पनि २ प्रतिशतभन्दा थोरै मात्रै माथि रहँदा पनि यो वर्ष दुईवटा ब्याजदर वृद्घिको सम्भावना देखिन्छ । यसले बजारमा त झट्का लाग्छ नै, साथै वित्तीय परिस्थितिमा पनि कडाइ हुन्छ । यसले अन्ततः अमेरिकी आर्थिक वृद्घिबारेको चिन्ता बढाउँछ । 

चीनमा आर्थिक सुस्ती जारी रह्यो भने निजीक्षेत्रमा मनोबलको कमी र उच्चस्तरको अत्यधिक क्षमताका लिभरेजका कारण सरकारको हालको मामुली मौद्रिक, क्रेडिट र वित्तीय प्रोत्साहनको सम्मिश्रण अपर्याप्त साबित हुनुचाहिँ दोस्रो हो । यदि चिनियाँ आर्थिक सुस्तीबारेको चिन्ता पुनः बल्झियो भने बजार नराम्रो तरिकाले प्रभावित हुन्छ । अर्कोतिर वृद्घिको स्थायित्वको बजार मनोबललाई बिस्तारै नवीकरण गर्दै पूर्व अवस्थामा फर्काउन सहयोग गर्छ । 

यससँग सम्बन्धित तेस्रो कारक व्यापार हो । एकातिर अमेरिका–चीन व्यापार युद्धको वृद्घिले विश्व आर्थिक वृद्घिलाई हानि पु-याउँछ भने अर्कोतिर हालै भएका व्यापारसम्बन्धी सम्झौताले दुई राष्ट्रबीचको भूराजनीतिक र प्राविधिक द्वन्द्व बढाए पनि बजारलाई भने विश्वस्त पार्छ । युरोजोनको अर्थतन्त्र सुस्ताइरहनु र यो न्यून सम्भावित वृद्घि वा अर्को निकै खराब अवस्थातर्फ बढिरहेको छ त्यो बुझ्नुचाहिँ चौथो हो । यसको परिणाम कस्तो आउँछ भन्ने कुरा फ्रान्स, इटाली र जर्मनीको राजनीतिक विकासजस्तो राष्ट्रिय कारक वा क्षेत्रीय र विश्वव्यापी थुप्रै कारकहरूले निर्धारण गर्छ ।

पक्कै पनि ब्रेक्जिटले बेलायत र युरोपेली संघ (इयू)का व्यवसाय र लगानीकर्ताको मनोबललाई नराम्ररी प्रभावित पार्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली अटोमोटिभ क्षेत्रसँगको आफ्नो व्यापार युद्ध थप विस्तार गरिरहेका कारण यसले जर्मनीको मात्रै नभई इयूकै आर्थिक वृद्घिमा कटौती गर्छ ।
अन्तिममा धेरै कुरा भने आउँदो मेमा हुन लागेको युरोपेली संसद्को चुनावमा युरोस्केप्टिक्स (इयूलाई शक्तिशाली बनाउने कुराको विरोधमा रहेका व्यक्ति)ले कसरी भूमिका निर्वाह गर्छ, त्यसमा निर्भर छ । यसले अन्ततः युरोपेली केन्द्रीय बैंक अध्यक्ष मारियो द्राघीका उत्तराधिकारी र युरोजोनको मौद्रिक नीतिको भविष्यवरिपरि रहेका अनिश्चयहरूमा इन्धनको काम गर्छ । 

अमेरिकाको निष्क्रिय घरेलु पार्टीले विश्वमा नै अनिश्चय बढाउन सक्नेचाहिँ पाँचौँ तत्व  हो । बजेट र ऋणसम्बन्धी हुन सक्ने कुनै पनि सम्झौताले पक्षपातपूर्ण युद्धलाई जन्माउँछ भन्ने हालै अमेरिकामा भएको सरकारी कामकाज ठप्पको स्थितिले सुझाएको छ । विशिष्ट काउन्सल रोबर्ट म्युलरले दिन सक्ने सम्भावित प्रतिवेदनले ट्रम्पविरुद्ध महाअभियोगको कारबाही गर्न सक्छ वा सक्दैन । र, यो वर्षको अन्त्यतिर रिपब्लिकन कर कटौतीबाट भएको वित्तीय प्रोत्साहन वित्तीय कमजोर बन्छ र सम्भवतः आर्थिक वृद्घिमा कमी ल्याउँछ । 

गत वर्षको अन्तिम त्रैमासमा अमेरिकी केन्द्रीय बैंक फेडको ब्याजदर वृद्धि र चीन तथा अमेरिकाको आर्थिक वृद्धिको चिन्ताका कारण अधिकांश बजार प्रभावित बनेका थिए । त्यसयता अमेरिका नयाँ ढंगले काम गर्नतिर लागिपरेको र चीनको बृहत् आर्थिक कडाइ केही खुकुलो बनेको हुँदा त्यसले सुस्ती केही नियन्त्रित बनेको संकेत गरेको छ । तुलनात्मक रूपमा यी सकारात्मक परिस्थिति कहिलेसम्म टिक्छ भन्ने विषय भने अन्य थुपै्र कुरामा निर्भर छ ।

हालै सुधार गरिएको भए पनि अमेरिका र अन्यत्रका सेयर बजारलाई अझै पनि अधिक मूल्यांकन गरिनुचाहिँ छैटौँ तत्व हो । तलब लागत बढ्दै जाँदा आगामी दिनमा हुन सक्ने कमजोर अमेरिकी आम्दानी र मार्जिन अनिच्छित आश्चर्य हुन सक्छ । बढ्दो अल्पकालीन र दीर्घकालीन कर्जादरको सामना गरिरहेका अत्यधिक ऋण व्यहोरिरहेका कम्पनी र थप प्राविधिक सेयरमा सुधारको आवश्यकता भइरहेको समयमा अर्को जोखिम आउन सक्ने खतरा उत्तिकै छ र बजारमा हुने थप सुधारले पनि यसलाई पन्छाउन सक्दैन । 

अमेरिकाको सेयर ग्यास उत्पादनमा भएको वृद्घि, भेनेजुएलाको सत्ता परिवर्तनको सम्भावना (तेलको उत्पादन बढाउने अनुमानमा आधार) र उत्पादन नियन्त्रित राख्ने कुरामा पेट्रोलियम निर्यातक राष्ट्र (ओपेक)बीचको सहकार्यमा आएको कमीका कारण बजारमा आपूर्ति बढ्दा तेलको भाउ घट्नेचाहिँ सातौँ तत्व  हो । तेलको भाउमा आएको कमी उपभोक्ताहरूका लागि राम्रो कुरा भए पनि यसले अमेरिकी सेयर र तेल निर्यातक राष्ट्रका बजारलाई कमजोर बनाउँदै ऊर्जा र सम्बन्धित क्षेत्रमा कर्पोरेट डिफल्ट (सन् २०१६ को सुरुवातमा भएजस्तो) सम्बन्धी चिन्तालाई बढाइदिएको छ । 

अन्त्यमा अधिकांश उदीयमान बजारका अर्थतन्त्रहरूको परिदृश्य माथि उल्लिखित विश्वव्यापी अनिश्चयहरूमा निर्भर हुन्छ । अमेरिका र चीनको आर्थिक सुस्ती, अमेरिकाको उच्च मुद्रास्फीति दर र फेडको कडाइ, व्यापार युद्ध, बलियो डलर र तेल तथा कमोडिटीको घट्दो भाउ प्रमुख जोखिममा पर्छन् । विश्व अर्थतन्त्रमा अनिश्चयका बादल देखापरे पनि यसले फेड, पिपल्स बैंक अफ चाइना, युरोपेली केन्द्रीय बैंक, बैंक अफ इंग्ल्यान्ड र बैंक अफ जापानलगायतका विश्वका प्रमुख केन्द्रीय बैंकहरूलाई झन् डोभिस (परिस्थिति र त्यससँग सम्बन्धित कार्यको कार्यान्वयन) बनाइदिएको छ ।

अझै पनि अधिकांश केन्द्रीय बैंकहरू उच्च समायोजनको स्थितिमा छन् भन्नुको अर्थ हो, थप मौद्रिक सहजताका लागि केही सम्भावना त छ । यदि विश्वका अधिकांश क्षेत्रमा वित्तीय नीति नियन्त्रित नगरिएको भए प्रोत्साहन नीति आर्थिक वृद्घि रोकिएपछि मात्रै आउने थियो । र, प्रायःजसो यसमा पनि कमी हुने थियो । विश्व अर्थतन्त्रलाई औसत स्तरको वर्ष बनाउनका लागि पर्याप्त सकारात्मक तत्वहरू हुन सक्छन् । तर, यदि माथि उल्लिखित केही नकारात्मक परिदृश्यले मूर्तरूप लियो भने सन् २०१९ को आर्थिक सुस्तीले सन् २०२० मा बजारमा तीव्र उथलपुथल ल्याउन सक्छ ।

नोउरियल रोउबिनी न्युयोर्क युनिभर्सिटीको इस्टर्न स्कुल अफ बिजनेसमा अर्थशास्त्रका प्राध्यापक तथा म्याक्रो एसोसिएट्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org