१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २० बिहीबार २१:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुडानमा नेपाली शान्ति सैनिकलाई राष्ट्रसंघका महासचिवको कदरपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २० बिहीबार २१:१०:००

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानमा जातीय हिंसा रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली सैनिक अधिकृतलाई प्रशंसापत्र पठाएका छन् । शान्ति स्थापक नेपाली सेनाका प्लाटुन कमान्डर क्याप्टेन विज्ञान विष्टलाई महासचिवले उच्च प्रशंसासहित कदरपत्र पठाएका हुन् । 

विष्ट दक्षिण सुडानमा खटिका कालीध्वज गणका दशौँ डफ्फाका सहसेनानी हुन् । गत १० मंसिरमा द्वन्द्वरत दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडप भएका वेला नियन्त्रणका लागि कुइबेटनजिकको अस्थायी अपरेसन बेसबाट विष्टको नेतृत्वमा नेपाली शान्ति सैनिक परिचालित भएको थियो । तनावग्रस्त इलाकामा सैनिक परिचालन भएको थियो र दुई पक्षको बीचमा बसेर सेनाले ठूलो जनधनको क्षति हुनबाट जोगाएको थियो । जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण सम्भावित ठूलो जातीय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरूप विष्टलाई महासचिव गुटेरसले कदरपत्र पठाएका हुन् । 

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको दक्षिण सुडानमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरूले पु¥याएको योगदानलाई संयुक्त राष्ट्रसंघबाट उच्च प्रशंसा भएको नेपाली सेनाले जनाएको छ ।