मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ २० बिहीबार १४:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण युनिभर्सल मेडिकल कलेजका चिकित्सकको निधन, एक सय ६० स्वास्थ्यकर्मी संंक्रमित

Read Time : < 1 मिनेट
२०७८ जेठ २० बिहीबार १४:४८:००

युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणका कारण निधन भएको छ । 

कोरोना संक्रमणका कारण ३५ वर्षीय डा. पशुपति रजौरियाको बुधबार राति मृत्यु भएको मेडिकल कलेजका सूचना अधिकृत सुशील गुरुङले जानकारी दिए । 

कलेजमा एक सय ६० जना स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना संक्रमित चिकित्सक  रजौरियाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मेडिकल कलेजमा उपचारार्थ चिकित्सकलाई थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

कपिलवस्तु घर भएका डा. रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीहरू श्रीमान्–श्रीमती दुवै कोरोना संक्रमित थिए । श्रीमती डा. हसिना वानु संक्रमणमुक्त भएकी थिइन् । श्रीमती वानु प्रसूति तथा स्त्री रोग विशषज्ञ हुन् । 

वैशाख २० मा कोरोना संक्रमण देखिएपछि डा. रजौरियाको कलेजमै एचडियू कक्षमा उपचार भएको थियो ।  त्यसको चार दिनपछि हेलिकाेप्टरमार्फत डा. रजौरियालाई काठमाडौं लगिएको थियो ।