मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २० बिहीबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेनाको सफा हिमाल सफाइ  अभियानमा युनिलिभरको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २० बिहीबार ०६:२९:००

नेपाली सेनाको सफा हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरि हिमालको फोहोर संकलन तथा प्रशोधनमा युनिलिभर नेपालले सहकार्य गरेको छ । कम्पनीले ‘विश्वलाई दिगो साझा वासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशको रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग सहकार्य गरेको हो । 

फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको कम्पनीले जनाएको छ । सेनाको मुख्यालय, जंगी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई कार्यक्रम सफल भएकोमा बधाई दिएको जनाइएको छ । 

उक्त अभियानअन्तर्गत धौलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने ३ सय किलो फोहोर धौलागिरि गाउँपालिकालाई बुझाइएको र नकुहिने ४ हजार ७ सय २० किलो फोहोर पुनर्प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीले पठाएको सन्देशमा ‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ । यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’ भन्ने उल्लेख गरिएको कम्पनीले जनाएको छ ।