मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ११ शुक्रबार
  • Friday, 25 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २० बिहीबार ०८:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुुई दिनको करेक्सनपछि सेयर बजारमा फर्कियो उत्साह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २० बिहीबार ०८:४२:००

फाइनान्स कम्पनी, विकास बैंकमा चमक देखिँदा निर्जीवन बिमा र हाइड्रोमा आकर्षण बढ्दो

सेयर बजार दुुई दिनको करेक्सनलाई पार गर्दै पुनः लयमा फर्र्र्किएको छ । नयाँ कीर्तिमानपछि दुुई दिनको भारी करेक्सन पार गर्दै नेप्सेमा बुधबार हरियाली छाएको हो । नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १३ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ७ दशमलव ८३ अंकले बढेर ५ सय ५ दशमलव १४ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ समूहको सूचकमा म्युचुअल फन्डबाहेका सबै समूहको सूचक सकारात्मक रहेका छन् । १२ समूहको सूचकमध्ये फाइनान्स कम्पनी र विकास बैंकमा ७ प्रतिशतले उच्चदरले बढेकाले यी समूहका लगानीकर्ताहरूले उत्कृष्ट नाफा आर्जन गर्न सफल भएका छन् । त्यस्तै, जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, होटेल तथा पर्यटन समूहका लगानीकर्ताहरूमा पनि उत्साह छाएको छ ।

उत्कृष्ट नाफा कमाउने कम्पनीहरूमा राष्ट्रिय बिमा कम्पनीको १० प्रतिशतले सर्किट लेभलमा कारोबार भएर प्रतिसेयर मूल्य २३ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको १० प्रतिशतले सर्किट लाग्दै प्रतिसेयर मूल्य ५ सय ६ रुपैयाँ पुगेको छ । 

त्यस्तै, मन्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल रिइस्योरेन्स कम्पनीको करिब १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । 

त्यस्तै, राधि विद्युत् कम्पनीको सबैभन्दा धेरै अर्थात् ७ प्रतिशतले घटेको छ भने विशालबजार कम्पनीका लगानीकर्ता पनि निराश बनेका छन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको २ करोड २६ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा वढी कारोबार हुने कम्पनीमा नेपाल रिइस्योरेन्स कम्पनी रहेको छ । 

कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको सेयर खदिर–बिक्री भएको छ । त्यस्तै, दोस्रोमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ३३ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको ३२ करोड १९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।