१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १९ बुधबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्यास्मिन हाइजिनले ल्यायो सेनेटरी प्याड डिस्पोज गर्ने मेसिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १९ बुधबार ०६:०३:००

ज्यास्मिन हाइजिनले सेफ्टी इन्सिनेटर मेसिन बजारमा ल्याएको छ । कम्पनीले एक दिनमा १ सय प्याडसम्म डिस्पोज गर्न सक्ने स्वचालित मेसिन बजारमा ल्याएको हो । 

यो  मेसिन विद्युत्बाट सञ्चालित हुने र प्रयोगकर्तामैत्री रहेको कम्पनीको दाबी छ । मेसिन प्रयोगमा नआउँदा स्वचालित रूपमा बन्द हुने जनाइएको छ ।

यसमा खरानी सफा गर्ने ट्रेसमेत समावेश रहेको कम्पनीले जनाएको छ । ब्याक्टेरिया र गन्धसमेत हटाउने तथा यसबाट आउने खरानी मलका रूपमा समेत प्रयोग गर्न सकिने जनाइएको छ । 

ज्यास्मिन हाइजिनका प्रबन्ध निर्देशक पुनित सारडाले भने, ‘नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दै गएको र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधैँ एउटा समस्याको विषय रहेकाले यो मेसिन ल्याएको हो,’ उनले भने, ‘ती समस्यालाई बुझेर हामीले सेफ्टी सेनेटरी प्याड इन्सिनेटर ल्याएका छौँ, जसले सेनेटरी फोहोरलाई जलाउँछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ ।’

आफूहरू सधैँ कसरी उत्तम तरिकाले सबैले महिनावारी सम्भावित सबै शीर्षकलाई सहज गर्न सकिन्छ भन्ने विषयको खोजमा लागेको उनको भनाइ छ ।

इन्सिनेटरको प्रयोग यसको एक पाइला भएको सारडाको भनाइ छ । स्कुल, सरकारी तथा कर्पोरेट कार्यालयहरू, सपिङ मललगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाई सजिलै राख्न सकिने र प्रयोग गर्न पनि एकदमै सजिलो रहेको उनले बताए ।