१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १८ मंगलबार १७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा विवाद : उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने ठाकुर पक्षको निर्णय (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १८ मंगलबार १७:५२:००

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका छन् । यादव पक्षले ठाकुरसहितका चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय सार्वजनिक भएलगत्तै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । 

मंगलबार दिउँसो ठाकुरको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । ठाकुरले मंगलबारै दलको दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाई अद्यावधिक गर्न आयोगलाई पत्राचारसमेत गरेका छन् । 

बैठकले अनुशासनसम्बन्धी कारबाहीबारे छलफल गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहेका उपेन्द्र यादवले पार्टीको विधान, नीति र निर्णयहरूको विपरीत कार्य गरिरहेको सन्दर्भमा पटक–पटक स्पष्टीकरण र २४ घन्टे स्पष्टीकरण सोधिए पनि सम्पर्कमा नआएपछि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले जानकारी दिए । 

यसअघि अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लको नाम दल दर्ता किताबबाट हटाइदिन माग गर्दै आयोगमा पत्र दर्ता गरिसकेका छन् ।