मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:५५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी गर्ने बगैँचाको हेरचाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:५५:००

रंगीचंगी फूलहरूले सजिएको बगैँचा आफैँमा सुन्दर हुन्छन् । यद्यपि, ऋतु परिवर्तनलगायत विभिन्न कारणले बगैँचाको सुन्दरतामा तल–माथि हुन सक्छ । तर, केही कुरामा ध्यान दिन सकेमा तपाईंको बगैँचा सधैँ सुन्दर र हराभरा देखिन सक्छ ।

-बगैँचालाई हराभरा राख्न उच्च तापक्रममा हुने फूलका बिरुवाको छनोट गर्नुपर्छ । यस्ता बिरुवा विज्ञको सल्लाहअनुसार नजिकैको नर्सरीबाट लिन सकिन्छ । 
-  सयपत्री, जिनिया, साल्भिया, फिलोसिया, लाहुरेलगायत फूलका बिरुवा गर्मी मौसममा लगाउन उपयुक्त हुन्छ । र, बगैँचाको हेरविचारमा पनि विशेष ध्यान पु-याउन आवश्यक हुन्छ ।

सयपत्री, लाहुरेलगायत फूलका बिरुवा गर्मी मौसममा लगाउन उपयुक्त हुन्छ


-ताफक्रम बढेको समयमा जमिनको पानी वाष्पीकरण भएर उड्ने भएकाले बिरुवालाई पर्याप्त पानी आवश्यक पर्छ ।

 - गर्मी मौसममा बगैँचामा झारपात बढ्ने गर्छ । त्यसैले बगैँचामा नियमित रूपमा गोडमेल गर्न आवश्यक हुन्छ । 
     -बगैँचामा फूलका बिरुवामा दुईदेखि तीन हप्ताको बीचमा मल राख्न जरुरी हुन्छ । बिरुवाको आकारअनुसार कम्पोस्ट मलको प्रयोग गर्न सकिन्छ । 
    - बिरुवामा रोग तथा किरा लाग्ने पनि उत्तिकै सम्भावना हुन्छ । यस्तो प्रकोपबाट जोगाउन वेला–वेलामा उपचार गर्न आवश्यक हुन्छ । 
     -न्यूनतम आठ इन्चको गमलामा बिरुवा रोप्नुपर्छ । यस्तो आकारको गमलामा बिरुवाले आवश्यक मात्रामा जरा फैलाउन तथा झाँगिन सक्छ ।