मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:४०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण दुख्छ ढाड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:४०:००

अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्नु आदि कारणले पछिल्लो समयमा ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर आउने गरेको डाक्टरहरू बताउँछन् । युवामा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन् :

 -बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ । महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै हुन्छ । 
- कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिने गरेको छ ।
- सैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ । 
 मोटरसाइकल/स्कुटर लामो समय चलाउने युवा–युवतीमा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । 
- लामो समयसम्म कुर्सीमा बसेर काम गर्नेे बानी पनि ढाड दुख्ने कारण हुन सक्छ । त्यसैले कुर्सीमा लामो समयसम्म बस्नुपरेमा वेलावेलामा उठेर केही बेर हिँडडुल गर्ने गर्नुपर्छ । 
- अगाडि धेरै झुकेर काम गर्नेमा पनि ढाड दुख्ने समस्या हुन सक्छ । त्यसैले निहुरिएर केही काम गर्नुपरे अथवा सामान उठाउनु परे बिस्तारै उठाउने । 
- शरीरमा क्याल्सियमको कमी 
-भयो भने पनि ढाड दुख्छ । त्यसैले दूध र यसबाट बनेका खानेकुरा प्रशस्त खानुपर्छ ।