१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:२५:००
Read Time : < 1 मिनेट
समाचार

राजपाले अझै सदस्य टुंग्याएन

सदस्यता वितरण र नवीकरणका लागि तेस्रोपटक समय थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०७:२५:००

आगामी ७–९ वैशाखमा महाधिवेशनको मिति तय गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले अझै सदस्य टुंग्याएको छैन । मंसिरसम्म सदस्यता वितरण र नवीकरण सक्ने लक्ष्य लिए पनि अझै नटुंगेको महासचिव केशव झाले बताए । उनका अनुसार सदस्यता वितरण र नवीकरण गर्ने समय तेस्रोपटक थपेर १५ फागुनसम्म पु-याइएको छ ।

यसअघि पुस मसान्त हुँदै माघ मसान्तसम्मको समय दिइएको थियो । मधेस केन्द्रित ६ दल मिलेर ७ वैशाख ०७४ मा बनेको राजपाले एकता महाधिवेशन गर्न लागेको हो । राजपाले प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा २ सिट जितेको छ । 

सदस्य ७ लाख पु-याउने लक्ष्य
साधारण सदस्य ७ लाख र सक्रिय सदस्य ३ लाख पु-याउने लक्ष्य रहेको महासचिव झाले बताए । हाल साधारण सदस्य ६ लाख र सक्रिय सदस्य २ लाख रहेको उनले जनाए । राजपाले फागुन मसान्तसम्म सदस्यता नवीकरण र वितरणको सम्पूर्ण कार्य सक्ने, चैतसम्म  वडा, गाउँ, नगर, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेश सम्पन्न गर्ने जनाएको छ ।