मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ १५ शनिबार २१:२१:००
Read Time : > 2 मिनेट
विश्व

भारतीय किसान आन्दोलनको ६ महिना पूरा

Read Time : > 2 मिनेट
२०७८ जेठ १५ शनिबार २१:२१:००

२६ नोभेम्बर ०२० मा नयाँदिल्ली र हरियाणा बोर्डर प्रहरीले सिल गरेको थियो । भारत सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा नयाँ कानुनको विरोधस्वरूप किसानहरूले आन्दोलन गर्न थालेपछि प्रहरीले बोर्डर सिल गरेको थियो । 

सरकारले सार्वजनिक गरेको नयाँ कानुन किसानको हितविपरीत रहेको र व्यापारीलाई फाइदा पुग्ने भन्दै कानुन नस्विकार्ने चेतावनी दिइसकेका थिए । साथै कानुन फिर्ता गर्न मागसहित आन्दोलनको घोषणा गरेका थिए । किसान आन्दोलन सुरुमा सामान्य नै देखियो । तर, सबै क्षेत्रबाट समर्थन भएपछि भारतका प्रमुख सहरका किसानले आन्दोलन चार्काउँदै गए । परिणमस्वरूप प्रहरीले जहाँजहाँ किसानको आन्दोलन हुन्छ त्यहाँ सिल गर्न थाल्यो । यही क्रममा दिल्ली–हरियाणा बोर्डर पनि सिल भएको थियो । 

देशका विभिन्न क्षेत्रमा आन्दोलनरत किसानहरू नयाँदिल्लीस्थित केन्द्र सरकारसँग वार्ता गर्न निस्किएपछि आन्दोलनले उग्र रूप लिएको हो । उनीहरूले विरोधस्वरूप खेतबारीमा प्रयोग हुने सामग्री आफूसँगै ल्याएका थिए । आफ्ना ट्याक्टर मुख्य सडकमा तेस्र्यासाएर विरोध जनाएका थिए । प्रहरी प्रशासनले भने किसान आन्दोलनले उग्र रूपमा लिने आकलसहित व्यापक बल प्रयोग ग¥यो । यसको सामाजिक सञ्जालमा पनि धेरै नै विरोध भयो । 

किसान आन्दोलन बलियो हुनुको पछाडि सामाजिक सञ्जालको भूमिका पनि प्रमुख रहेको बताइन्छ । आन्दोलनको क्रममा दिनभरि भएका घटना साँझ तस्बिरसहित सामाजिक सञ्जालहरूमा पोस्ट हुन्थे । जसले सामान्य नागरिक, नेता, उद्योगपतिदेखि कलाकारसम्मको ध्यान खिच्न सफल भयो । र उनीहरूले किसान आन्दोलनको समर्थन पनि गरे । समर्थकहरूले लोकतान्त्रिक देशमा पुलिसले नागरिकमाथि किन लाठी चार्ज र बल प्रयोग गरे भनी प्रश्न गरेका थिए । त्यो वेला दिल्ली, हरियाणा, पन्जाब, हिमाचल प्रदेश, जम्मुकस्मिर जोड्ने हाइवेमा प्रहरीको गस्ती बाक्लो बनाइएको थियो । 

विभिन्न क्षेत्रमा अवरोध छिचोल्दै किसानहरू २६ नोभेम्बर २०२० मा नयाँदिल्ली पुग्न सफल भए । त्यो दिन किसान आन्दोलन विशेष रह्यो । भारत र अन्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले किसान आन्दोलनको समाचारलाई प्रमुख बनाए । यस दिन भएका प्रमुख घटना यस्ता छन् । 

पुलिसद्वारा वृद्धवृद्धामाथि लाठी प्रहार
किसान आन्दोलनमा बालकदेखि वृद्धवृद्धासम्मले सहभागिता जनाएका थिए । आन्दोलनमा सहभागी पन्जाबका एक वृद्धले अर्धसैनिक पुलिसको प्रतिकार गरेका थिए । पुलिसले ती वृद्धमाथि लाठी प्रहार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

पिटिआईका फोटोग्राफर रवि चौधरीले यो क्षणको तस्बिर कैद गरेका थिए । यो तस्बिर भाइरल भएपछि किसान आन्दोलनले सबै क्षेत्रबाट थप सहानूभूति पायो । कंग्रेसले किसान आन्दोलनमा साथ भएको भनी समर्थन जनाएको थियो । कंग्रेसका नेता राहुल गान्धीले ट्विटरमार्फत किसान आन्दोलनको समर्थन जनाउँदै लेखेका थिए, ‘यो फोटो हेर्दा मलाई निकै दुःख लाग्यो, यो देश भारतमा जय जवान जय किसान नारा गुन्जिन्छ, आज पिएम मोदीको अहंकारले जवानले किसानलाई र किसानले जवानमाथि विरोध जनाइरहेका छन्, यो निकै खतरनाक हो ।’ 

८८ वर्षीया वृद्धा आन्दोलनमा 

भारतमा किसान आन्दोलन एकैपटक उग्ररूप लिनु र यसलाई सबै क्षेत्रबाट समर्थन गर्नु पछाडि धेरै पक्ष छन् । त्यसमध्ये एउटा कारण भनेको वृद्धवृद्धासमेत आन्दोलनमा सहभागी हुनु पनि हो । 
८८ वर्षीया महिन्दरले किसान आन्दोलनको झन्डा बोकी समर्थन जनाएकी थिइन् । पन्जाबकी यी ८८ वर्षीयालाई अभिनेत्री कंगनाले ‘साहिन बाग आन्दोलनकी हजुरआमा’को उपनाम दिएकी थिइन् । राम्रोसँग हिँडडुल गर्न नसक्ने, कम्मर आधा झुकेको र एउटा हातमा लाठी बोकेकी महिन्दरले आन्दोलनलाई साथ दिएकी थिइन् । महिन्दरको हिम्मतले आन्दोलनमा अन्य महिलाको सहभागितामा बल पुगेको थियो । टाइम म्यागजिनले सय प्रभावशाली व्यक्तिमा महिन्दरलाई पनि समावेश गरेको थियो । 

सरकारको लन्च किसानद्वारा अस्वीकार

आन्दोलन रोक्ने विषयमा किसान र सरकारबीच अक्टोबर ०२० मा पहिलोपटक वार्ता भयो । आन्दोलनरत किसान र सरकारी पक्षबीच विज्ञान भवनमा वार्ता भएको थियो । वार्ता चली नै रह्यो, तर यसको नतिजा आएको थिएन । ५ डिसेम्बरमा किसान र सरकारबीच चार घन्टासम्म वार्ता चलेको थियो । बिहान सुरु भएको वार्ता दिउँसोसम्म पनि समाप्त भएको थिएन । यसबीचमा ‘लन्च’को समय भयो । लन्च ब्रेकमा किसानहरूले सरकारले उपलब्ध गराएको खाना खाएनन् । उनीहरूले आफूसँगै ल्याएको सुक्खा रोटी खाए । समाचार संकलन गर्न पुगेका स्वदेशी तथा विदेशी फोटो पत्रकारले यो क्षण कैद गरे । किसानले वार्ता सफल नभएसम्म सरकारले उपलब्ध गराउने पानीदेखि खानासम्म बहिस्कार गर्ने किसानले घोषणा गरे । किसानहरूलाई सहानुभूति प्रदान गर्न कृषिमन्त्री नरेन्द्र तोमरले पनि केही दिन किसानसँगै खाना खाए । तर, यसलाई मोदी सरकारको चतुर राजनीतिको संज्ञा दियो । 

लालकिल्लामा आन्दोलनकारीको झन्डा 

दुई महिनासम्म किसान आन्दोलनले चर्को रूप लियो । २६ जनवरी ०२१ मा किसानहरूले दिल्लीमा ट्याक्टर परेडको घोषणा गरे । उनीहरूले सानोदेखि ठूलो आकारका ट्याक्टर सडकमा प्रदर्शन गर्नु थियो । अक्सर युरोपमा किसानहरूले आन्दोलन गर्दा सरकारको विरोधस्वरूप यसरी नै ट्याक्टर परेड निकाल्छन् । युरोपेली शैलीमै भारतीय किसानले पनि ट्याक्टर परेड गर्दै सरकारको विरोध जनाए । दिल्ली प्रशासनले किसानहरूको भिड लालकिल्ला र यसको आसपास नपुगोस् भनेर कडा सुरक्षा व्यवस्था गरेको थियो । तर, एक हुल किसान लालकिल्लासम्म पुगे । यसैबीच एक युवाले सिखहरूको साहिब झन्डा लालकिल्लामा फहराए । विभिन्न मिडिया तथा समाजिक सञ्जालले यो क्षणलाई लाइभ गरेका थिए । 
–एजेन्सीहरूको सहयोगमा