मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ १५ शनिबार १२:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिद्दार्थ राजमार्गअन्तर्गत बुटवल –पाल्पा सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ जेठ १५ शनिबार १२:४४:००

सिद्दार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर चार दिनदेखि परेको अविरल वर्षाले
पाल्पा–बुटवल सडकखण्डकको ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका ३ सिसुवामा ढुंगासहितको ठूलो पहिरो गएको छ भने गौंडे,बर्तुङ,दोभान,झुम्सालगायतको क्षेत्रका ससाना पहिरो गएका छन् ।

यस्तै, पाल्पा–बुटवल सडक खण्डको सिसुवाक्षेत्रमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । निरन्तरको वर्षा र ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिए ।

सडक डिभिजन कार्यालय पाल्पाले थप एस्काभेटर मगाएर पहिरो पन्छाउने काम सुरु भएको र केही घन्टामा सडकको पहिरो हटाइने सडक डिभिजनका निमित्त प्रमुख सुवेदीले बताए  ।

यस्तै गरी कालीगण्डकी करिडोरको भोओरमा पहिरो खस्दा तानसेन पिपलडाँडा रामपुर जोड्ने कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । निरन्तरको वर्षाले विभिन्न स्थानीय तहलाई जोड्ने ग्रामीण सडक अधिकांश अवरुद्ध भएका छन् । हालसालै विस्तार भएका यी सडकमा सयौँको संख्यामा साना–ठूला पहिरो झरेका छन् ।