Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ १५ शनिबार ११:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ जेठ १५ शनिबार ११:५२:००

सिराहाको गोलबजार नगरपालिका–२ तेतरिया सुनुवार टोलका एक युवाले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन् । कुटपिट गर्दा टाउकोमा चोट लागेर पत्नीको मृत्यु भएपछि प्रहरीले पतिलाई पक्राउ गरेको छ ।  

श्रीमान्को कुटपिटबाट स्थानीय २० वर्षीया सरितादेवी सदाको मृत्यु भएपछि २२ वर्षीय ललित सदालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मदिरा सेवन गरेका २२ वर्षीय ललित सदाले घरायसी विषयमा बिहीबार राति पत्नीलाई कुटपिट गरेका थिए । कुटपिटको क्रममा टाउकोमा चोट लागेकी सरिताको बिहानपख मृत्यु भएको स्थानीय बासिन्दाको उजुरीका आधारमा शुक्रबार बिहान ललितलाई पक्राउ गरिएको हो ।
 
गोलबजार प्रहरीको हिरासतमा रहेका सदालाई शुक्रबार म्याद थप गर्न नभ्याइएकाले आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी निरीक्षक राईले बताए । दुई छोरीकी आमा सरिताको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोस्टमार्टम गरिएको छ ।