मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १५ शनिबार ११:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युगान्तकारी संघर्षका महानायक कोइराला, प्रचण्ड र नेपाल हुन् : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १५ शनिबार ११:२८:००

नेकपा एमालेका नेता वामदेव गौतमले युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल भएको बताएका छन् ।

१४औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेता गौतमले भने ‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको सहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर, विस.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरूमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न अरू दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’

नेता गौतमले एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका तीन नेता त्यसको विरुद्धमा रहेको खुलासा गरे । नाम नखुलाई विभिन्न पार्टीमा आवद्ध तीन नेता गणतन्त्रको विपक्षमा रहेको बताउँदै नेता गौतमले संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर बैठकमा लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको दाबी गरेका छन् ।