१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : विनोद विष्ट
२०७५ फाल्गुण ७ मंगलबार ०६:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

फास्ट ट्रर्‍याक निर्माण : बागमती करिडोरमा तीन किमि सडक

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण ७ मंगलबार ०६:२२:००

काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्रर्‍याक)अन्तर्गत करिब तीन किलोमिटर सडकखण्ड बागमती नदीको दुवै किनारमा बन्ने भएको छ । फास्ट  ट्रर्‍याकका लागि आवश्यक २५ मिटर चौडा सडक खन्न ठुल्ठूला पहाड फोर्नुपर्ने भएकाले दुवैतर्फको करिडोरमा सडक बनाइने भएको हो ।नेपाली सेनाका अनुसार एउटा लेन मकवानपुरको काप्राङ हुँदै छालाटार र अर्को ललितपुरको घुसेल हुँदै छालाटारको २५ मिटर चौडा सडकमै पुगेर जोडिनेछ । मकवानपुरको काप्राङ र ललितपुरको घुसेलदेखि छालाटारसम्मको लम्बाइ करिब तीन किमि छ ।

 भूक्षय रोक्न बागमतीको किनारमा सडक
नेपाली सेनाको मकवानपुर सिस्नेरी क्याम्पका प्राविधिक सुवेदार तुलाराम खड्काले ठूला पहाड काट्नुपर्ने भएकाले बागमती करिडोरमा किमि सडक निर्माण गर्न लागिएको बताए । ‘फास्ट ट्रर्‍याकअन्तर्गत यो खण्डमा साँघुरो भएकाले सडकमार्गका लागि ठाउँ पर्याप्त भएन, दुवैतिर ठुल्ठूला पहाड फोड्नुपर्ने भयो,’ उनले भने, ‘२५ मिटर चौडा सडकका लागि आवश्यक ठाउँका लागि पहाड फोड्दा कमजोर हुने र भविष्यमा भूक्षय निम्त्याउन सक्ने भएकाले नदीको दुवै किनारबाट दुई लेन सडक निर्माण गर्न लागिएको हो ।’

 सिस्नेरी खोलामा ‘कर्भ ब्रिज’

नेपाली सेनाका अनुसार फास्ट ट्र्याकअन्तर्गत मकवानपुरको सिस्नेरी खोलामा ‘कर्भ ब्रिज’ निर्माण हुनेछ । नेपालमै यो पहिलोपटक बन्न लागेको हो । ललितपुर हुँदै जाने सडकमा भने ‘कर्भ बिज्र’ बन्नेछैन । ‘सिस्नेरी खोलामा कर्भ ब्रिज बनाउनेछौँ । यो नेपालमै पहिलो प्रयोग हो । सोहीअनुसार काम अघि बढेको छ,’ प्राविधिक सुवेदार खड्काले भने ।

सेनाका अनुसार खोकनाबाट सुरु भएको सडक मक्खुबेँसी हुँदै मकवानपुर भएर बग्ने बागमती नदीको किनारै किनार जाने भएकाले ललितपुर तर्न घुसेलमा साधारण खालको पुल निर्माण हुनेछ । करिब तीन किमि दूरीपछि मकवानपुरको छालाटार जोड्ने स्थान फेरि अर्को पुल निर्माण हुनेछ ।

 कोरियन कम्पनीको डिपिआरअनुसार सडक निर्माण

कोरियन कम्पनीले पछिल्लोपटक बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार सडक र पुल निर्माण हुने सेनाले जनाएको छ । सुरुमा भारतीय कम्पनीले बनाएको डिपिआर र सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार सडक र पुलको कल्पना गरिएको थियो । सडकखण्डका लागि आवश्यक पर्ने  ट्रर्‍याकमध्ये झन्डै ५० प्रतिशत काम सकिएको नेपाली सेनाले जनाएको छ । ‘बागमतीको दुवै किनारबाट अहिले धमाधम सर्भिस ट्रर्‍याक खोल्ने काम हुँदै छ । झन्डै ५० प्रतिशत काम सकिएको छ, अब फिलिङ र वाल लगाउने काम बाँकी छ,’ क्याम्पका प्राविधिक सुवेदार खड्काले भने ।