मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार २०:४४:००
Read Time : < 1 मिनेट
समाचार

 ‘फ्याक्ट्स अफ नेपाल २०१९’ पुस्तक सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार २०:४४:००

‘फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स’ले नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्याङ्क संकलन गरी तयार पारेको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०१९’ बिमोचन गरेको छ । पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रमा रहेको तथ्याङ्कलाई सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स)मा समावेश गरिएको छ । 

पुस्तक सरल ढङ्गबाट क्षेत्रगत तथ्याङ्कको विश्लेषण गरी प्रकाशन गरिएको छ । देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रलगायत १९ क्षेत्रका तथ्याङ्कलाई समेटेको यो पुस्तक पाँचौ संस्करण हो । पुस्तकलाई नेपालमा रहेको तथ्याङ्क र अन्तर्दृष्टिका रुपमा विश्वसनीय स्रोतमा लिने गरिएको छ ।

पुस्तकले स्वतन्त्र तथा निजी अनुसन्धान र विश्लेषणात्मक परियोजना सञ्चालन गरी स्थापना काल (२०१२)देखि आमजनताका लागि आवश्यक सूचनामूलक तथ्याङ्क प्रस्तुत गर्दै आएको छ । आमजनताले बुझ्नका लागि फ्याक्ट्सले अनलाइन पोर्टल, पत्रपत्रिका, टेलिभिजनलगायतसँग साझेदारी गरी अघि बढेको छ ।

यस संस्करणमा प्रकाशित भएको पुस्तकको मूल्य चार सय रुपैयाँ राखिएको छ । यसका साथै पाठक वर्गले इसेवापसल डटकमबाट अर्डर गर्नुको साथै इबुक वि–रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सक्नेछन् ।