Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १४ शुक्रबार १४:२०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सरकारले जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १४ शुक्रबार १४:२०:००

सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराए । साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उनले बताए । 

उनले भने, ‘फ्लाइटहरू बन्द भएका कारणले विभिन्न खालका कूटनीतिक प्रयासहरूबाट जाने र अरू अनुरोधहरूबाट कतिपय फ्लाइटहरू जाने हुँदा त्यसमा पनि अनियमितता हुने भएको हुनाले बरु थोरै देशबाट भए पनि नियमित खालका उडानहरूलाई गरियो भने कम्तीमा त्यसमा अनियमितताहरू नहुने कुरा, व्यक्तिहरूका बीचमा अलि खुल्ला हुने कुरा र हप्तामा एकचोटि जान्छ भनेपछि आफ्नो सेड्युल बनाएर मान्छे जान सक्छ भनेर हिजोको मन्त्रिपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटि नियमित फ्लाइट गर्ने भन्ने कुरालाई संस्थागत रुपमा निर्णय गरेका छौँ ।’

मन्त्री ढकालका अनुसार ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड– १९ संक्रमणविरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटेलमा तीन दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घन्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । संकटमा परेका व्यक्तिहरू शोषणमा नपरुन् भन्ने उद्देश्यका साथ यो निर्णय गर्नुपरेको स्वास्थ्यमन्त्री ढकालले बताए ।