मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार

संघीय सरकारप्रति मुख्यमन्त्रीहरु असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १७:४८:००

संघीय सरकारले आत्मसात गर्न नसक्दा काम गर्न कठिन भएको प्रदेश सरकारका मुख्यामन्त्रीहरुले आरोप लगाएका छन् । सोमबार काठमाडौंमा कान्तिपुर कन्क्लेभको अन्तिम सत्रमा ‘मुख्यमन्त्रीसँग मुखामुख’ कार्यक्रममा बोल्दै प्रदेश, १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले संवैधानिक अधिकार दिन नसक्दा प्रदेश सरकारले कामलाई तीव्रता दिन नसकेको बताएका हुन् । उनले काम गर्न प्रदेश सरकार सक्षम भए पनि सोहीअनुसार व्यवस्था गर्न संघीय सरकारले नचाहेको बताए ।

यस्तै प्रदेश, २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार कमजोर हुने डरले संघीयताको मर्मअनुसार काम हुन नसकेको आरोप लगाए । उनले संविधानले तीनै तहको अधिकार व्यवस्था गरे पनि संघीय सरकारले बेवास्ता गर्दै अघि बढेको आरोप लगाएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश, ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारले संघीयता आत्मसात गर्न नसक्दा काममा गति दिन नसकेको बताए । उनले तीनै तहको सरकार मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउनुु पर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकारबीच समन्वय गर्ने ऐन बनाउन नसकेको भन्दै संघीय सरकारको आलोचना गरे । यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको एकात्मकवादी चिन्तनले संघीयता कार्यान्वयन गर्न समस्या भएको आरोप लगाएका थिए । उनले मुलुक बनाउन तीव्र आर्थिक विकासमा जोड दिनु पर्ने भए संघीय सरकार अघि बढ्न नसक्दा प्रदेश सरकार खुम्चिनु परेको बताए ।